जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल

सारांश

  • वैशाख १०, काठमाण्डौ ।
  • नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केही विषयहरु टुङ्गिनासाथ एमालेसँग पार्टी एकता हुने दाबी गरेकी छिन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै प्रवक्ता भुसालले जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे विवाद नमिलेको बताइन् ।

वैशाख १०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केही विषयहरु टुङ्गिनासाथ एमालेसँग पार्टी एकता हुने दाबी गरेकी छिन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै प्रवक्ता भुसालले जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे विवाद नमिलेको बताइन् ।

राजनीतिक प्रतिवेदनमा जनयुद्धको भूमिका उल्लेख भइसकेको भन्दै उनले भनिन्, “जनयुद्धले नेपालको परिवर्तनमा खेलेको भूमिकाबारे प्रतिवेदनमा स्पष्ट छ ।” तर विधानमा जनयुद्धको विषयलाई कसरी समेट्ने भन्ने कुरामा विवाद रहेको उनको भनाई छ ।

“जनयुद्ध भनेको यो धर्तीमा भएको कुरा हो । १० वर्षमा दशौँ हजारको बलिदान भएको आन्दोलन हो । यस विषयमा राजनीतिक प्रतिवेदनमा राम्रोसँग समिक्षा भएको छ । विधानमा राख्ने कुरामा सबैको एकमत नभएको हो ।” भुसालले भनिन् ।

कुरा मिल्न नसकेका विषयलाई दुवै दलका अध्यक्षहरुले समाधान गर्ने र पार्टी एकता गरिने उनले बताईन ।

एकता प्रक्रिया अन्यौलमा परेको नभै गृहकार्य लम्बिएको उनको दाबी छ ।

आइतबारको कार्यक्रममा भएको विवादबारे भुसालले दुईवटा पार्टी भइन्जेल यस्ता समस्या आउन सक्ने तर पार्टी एकता भएपछि सबै समस्या समाधान हुने दाबी गरिन् ।
नेतृत्वको विषयमा पनि कुनै विवाद नभएको उनको जिकिर छ । महाधिवेशनपछि आफै अध्यक्ष बन्नुपर्छ भनेर प्रचण्डले कहिल्यै पनि नभनेको भुसालको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने
छाया मन्त्री बन्नै होडबाजी
छाया मन्त्री बन्नै होडबाजी
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड
गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट
गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट
विश्वविद्यालमा तनाव भगाउने कर्मचारी कुकुर
विश्वविद्यालमा तनाव भगाउने कर्मचारी कुकुर
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने

तपाईंले छुटाउनुभयो कि?