दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना

सारांश

  • काठमाडौँ १ भदौ ।
  •  एसियाली खेलकुदको  फुटबलतर्फको प्रतिस्पर्धामा नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।
  • शनिबारदेखि औपचारिक रुपमा उद्घाटन हुने एसियाली खेलकुदको फुटबल भने एक साताअघि नै सुरु भएको थियो।

काठमाडौँ १ भदौ । एसियाली खेलकुदको  फुटबलतर्फको प्रतिस्पर्धामा नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।शनिबारदेखि औपचारिक रुपमा उद्घाटन हुने एसियाली खेलकुदको फुटबल भने एक साताअघि नै सुरु भएको थियो।

 समूहको तेस्रो स्थानमा रहेको टिमको पनि दोस्रो चरणमा सम्भावना हुने भएपनि नेपाल लगातार २ खेलमा पराजित हुँदा त्यो सम्भावना कठिन बनेको हो। बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित गरेको छ। भियतनामका लागि आडुकले ३१ र भान डुकले ६३ मिनेटमा गोल गरेका थिए। यसअघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाललाई जापानले १–० गोलअन्तरले पराजित गरेको हो।

यो समेत नेपालले एसियाली खेलकुदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ। नेपालले १७ खेलमा ६८ गोल खादा केवल १ गोल गर्न सकेको छ।अब नेपालले समूह चरणको अन्तिम आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?