एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार !

सारांश

  • बेँशीसहर, लमजुङ १६ साउन ।
  • पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बेँशीसहर, लमजुङ १६ साउन । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?