नेपाललाई १९२ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नेपाललाई १९२ रनको लक्ष्य

सारांश

  • सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरको सामना गरिरहेको छ।
  • सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ।
  • सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सिंगापुरविरुद्ध बलिङ गरेको थियो।

सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरको सामना गरिरहेको छ। सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ। सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सिंगापुरविरुद्ध बलिङ गरेको थियो। सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोड्यो।

सिंगापुरका ब्याट्सम्यानले नेपाली बलरलाई निरन्तर डोमिनेट गरे। नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए। नेपालविरुद्ध उच्च स्कोर बनाउने क्रममा टिम डेभिडले ४३ बलमा ७७ रन बनाए। त्यसैगरी रोहन रंगरजनले ३३ बलमा ४९ रन र मनप्रिट सिंहले २७ बलमा ४२ रन बनाए। अभिनाश बोहराले १८औंर २०औं ओभरमा ३ विकेट र लिएपनि सिंगापुरको स्कोर रोक्न त्यो ढिला भइसकेको थियो।

सिंगापुर र नेपालबीचको यस खेलको विजेता नै शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुनेछन्। पहिलो खेलमा कतारसँग ४ विकेट पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा कुवेतलाई ७ विकेटले हराएको थियो। यस प्रतियोगितामा सिंगापुर अपराजित छ।

यस खेलको विजेता टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्वस्तरीय छनोट प्रतियोगिता खेल्नेछ। १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?