सिद्दबाबा आइसियूबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सिद्दबाबा आइसियूबाट पक्राउ

सारांश

  • काठमाडौं।
  • बला’त्कारको आरोप लागेका सिद्ध बाबा भनिने कृष्णराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
  • सिद्दबाबालाई मंगलबार विहान विराट नर्सिङ होमको आइसियूबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए।

काठमाडौं। बला’त्कारको आरोप लागेका सिद्ध बाबा भनिने कृष्णराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। सिद्दबाबालाई मंगलबार विहान विराट नर्सिङ होमको आइसियूबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्दबाबा विरुद्ध मुदा दायर गरेपछि उनले शुक्रबार पक्राउ गर्न अदालतबाट आदेश पाएको थियो।

आफू पक्राउ पर्ने थाहा पाएपछि उनी शुक्रबार विहानै विराट नर्सिङ होममा भर्ना भएका थिए। ‘उहाँको मुटुमा समस्या रहेका र डाक्टरहरुले पनि नलैजान आग्रह गर्नु भएको थियो,’ डिएसपी शर्माले भने, ‘हामीले उहाँलाई सुविधा सम्पन्न एम्बुलेन्समा राखेर अस्किजनसहित ल्याएका छौं। अहिले जिल्ला अस्पतालमा चेक गर्ने तयारी भइरहेको छ।’

उनीमाथि बला’त्कार गरेको आरोप लागेको छ। उनले आफ्नै अनुयायी एक महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरी परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?