किन थारु समुदायलाई मात्र लाग्छ सिकलसेन रोग!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
५० पटक हेरिएको
Shares
किन थारु समुदायलाई मात्र लाग्छ सिकलसेन रोग!

सारांश

  • बर्दिया – अघिपछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बारबर्दियामा थारु बस्तीमा यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको चहलपलहल बढेको छ।
  • सेता कोट (एप्रोन)लगाएका मानिसहरु घरघरै पुग्छन्।
  • उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्।

बर्दिया – अघिपछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बारबर्दियामा थारु बस्तीमा यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको चहलपलहल बढेको छ। सेता कोट (एप्रोन)लगाएका मानिसहरु घरघरै पुग्छन्। उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्।

घरमा मात्रै होइन् नजिकैको वडा कार्यलयमा स्वास्थ्य चाँजदेखि रगतका नमूना संकलन भइरहेको छ। थारु जातिमा मात्रै हुने रगत बन्ने प्रक्रियामा समस्य उत्पन्न हुने रोग सिकलसेलको नयाँ पुस्तामा हुने संक्रमण रोक्न सरकारले चलाएको अभियानसँगै बारबर्दिया क्षेत्रमा यस्तो चहलपहल देखिएको हो। जीवनभर उपचार दलदलमा पार्नेदेखि वर्षेनी सयौको ज्यान लिने सिकलसेल स्क्रिनिङ (जाँच)सँगै उनीहरुमा एउटा भरोशा पलाएको छ –भावी सन्ततीलाई यो ‘रगतखाने रोग’ (सिकलसेल)बाट बचाउँन सकिन्छ कि! गाउँभरीका थारुहरु दुई हप्तादेखि सबै काम छोडेर रगत जाँचका लागि लाइन लागेका छन्।

रगत बन्ने प्रक्रिया ढिला भएर अनेक रोग गराउँने सिकलसेलबाट नयाँ पुस्तालाई जागाउँन सरकारले यस्तो कार्यक्रम चलाएको हो। एकपटक संक्रमण भएपनि निको नहुने सिकलसेलले बाँचुन्जेल उपचार गर्नुपर्दा थारु समुदायले निकै ठूलो सास्ती भोगेका छन्। जसमध्ये एक हुन् बारबार्दिया मरकठ्ठीका ३२ वर्षे मोहनलाल चौधरी। ७० सालतिर मोहनलालको पूरै शरीर खप्न नसक्नेगरी दुख्यो, यतिसम्मकी उनी उठ्न बस्न र हिड्न समेत सकेनन्।

विपन्न परिवारले सापटी लिएर एम्बुलेन्समा नेपालगञ्ज पु-यायो। नेपालगञ्जबाट काठमाडौ वीर अस्पताल रिफर भयो। वीरमा एक महिना उपचार गर्दा दुखाई केही कम भयो तर रोग पत्ता लागेन। पछि फेरी यस्तै भयो, बल्ल भेरी अञ्चल अस्पतालमा उनको रोग पत्ता लाग्यो।

त्यतिबेलासम्म उनले रोगको बारेमा सुनेका समेत थिएनन्। ‘अब बाचुन्जेल उपचार गर्नुपर्छ,’ रोग निदान भएपछि डाक्टरले भनेको उद्धृत गर्दै उनले भने, ‘चार वर्षदेखि उपचारले नै बाचाएको छ।’ एक वर्षको बिचमा मात्रै दुई पटकसम्म रगत दिनु (बल्ड ट्रान्सफ्युजन) गर्नुप-यो।

रोग लागिसकेपछि विशेष उपचार नहुँने र बारम्बार विरामी भइराख्ने भएकोले आजिवन उपचार गराउँदाको आर्थिक बोझले थारुहरु रोगले जस्तै थलापरेका छन्। मरकट्टीकै १४ वर्ष नविन चौधरीको पनि उही हाल छ। जतिबेलै सुतेको सुत्यै गर्ने, शरीर पूरै पहेलो हुँदै गएपछि गाउँले जन्डिस लागेको भन्दै झार्नुपर्छ भनेर धाँमीझाक्री लगायो। तर समस्या बढ्दै गयो। परिवारले भेरी अञ्चल अस्पताल पु-यायो त्यहाँ चिकित्सकले उनलाई सिकलसेल पुष्टि गरे। ‘बिरामी भइराख्छ, महिना/महिनामा २ हजार खर्चेर रगत जाँच्नुपर्छ, औषधि बाचुन्जेल खाइराख्नुपर्छ’ नवीनकी आमा गीताले भनिन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !
नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !
‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न
‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
सभामुखमा निर्विरोध निर्वाचित भएपछि महराले यसो भने
सभामुखमा निर्विरोध निर्वाचित भएपछि महराले यसो भने
एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य
एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य
सलमान खानलाई ज्यान लिने धम्की दिने पक्राउ
सलमान खानलाई ज्यान लिने धम्की दिने पक्राउ
कतारमा ४ सय २७ नेपाली अलपत्र
कतारमा ४ सय २७ नेपाली अलपत्र
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ