एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : घर्ती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ११, २०७९
|
|
४७ पटक हेरिएको
Shares
एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु  : घर्ती

सारांश

  • काठमाडौं  ।
  • पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाण्डौं–२ मा उम्मेदवारी दिएको बताएकी छन् ।
  • तिहार पर्वका अवसरमा काठमाण्डुको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताइन् ।

काठमाडौं  । पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाण्डौं–२ मा उम्मेदवारी दिएको बताएकी छन् ।

तिहार पर्वका अवसरमा काठमाण्डुको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताइन् ।

आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चार माध्यममा त्यतिबेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह गरिन् । ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु’, उनले भनिन् ।

घर्तीले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुहुने उल्लेख गरिन् । जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो ।

घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल–मुलपानी–साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाइन् । यस्तै काठमाण्डु–२ लाई पर्यटकीय हबका रुपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाहरुले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रितिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको बताइन् ।

फरक प्रसंगमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान र व्यवस्था मास्ने उद्देश्यले दुईपटक सम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध वर्तमान गठबन्धन निर्माण भएको बताइन् । ‘अहिलेको संविधान र व्यवस्था धेरै ठूलो दुस्खले आएको हो’, उनले भनिन्, ‘पटकपटक व्यवस्था परिवर्तन गर्ने र मुलुकलाई पछाडि फर्काउने कुरा अब सम्भव छैन । हामी उपलब्धीको रक्षा र देशको विकासलाई शिरमा राखेर अघि बढेका छौं ।’ घर्तीले आफू मुलुकको सभामुखजस्तो सम्मानित जिम्मेवारीमा रहिसकेका कारण निर्वाचन प्रचारका क्रममा कसैप्रति पनि तुच्छ र तल्लोस्तरको आलोचना गर्ने पक्षमा नरहेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध
ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित
उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
बारामा मतगणना सुरु
बारामा मतगणना सुरु
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
माघ १० गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ १० गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन
असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन