झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
सारांश
- भद्रपुर, १० मंसिर संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ ।
- यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’ मा १२ र ‘ख’ मा नौ उम्मेदवार चुनावी मैदानमा छन् ।
- प्रतिनिधिसभाका लागि नेकपा(एमाले)बाट अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तर्फबाट खगेन्द्र अधिकारी र प्रदेशसभामा ‘क’ बाट अनिलकुमार प्रसाईं र ‘ख’बाट राजनबहादुर ढुंगानाले उम्मेदवारी दिनुभएको छ ।
भद्रपुर, १० मंसिर
संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ ।
यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’ मा १२ र ‘ख’ मा नौ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि नेकपा(एमाले)बाट अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तर्फबाट खगेन्द्र अधिकारी र प्रदेशसभामा ‘क’ बाट अनिलकुमार प्रसाईं र ‘ख’बाट राजनबहादुर ढुंगानाले उम्मेदवारी दिनुभएको छ ।
लखनपुनदेखि गौरादहको मार्ग उच्चस्तरको कालोपत्र हुनु, लखनपुरमा पूर्वाञ्चलस्तरीय आयुर्वेद अस्पताल निर्माणका लागि पूर्वाधार शुरु हुनु, दमकमा फन पार्क बन्ने तयारी हुनाका साथै खेलकुदका लागि ठूलो रंगशाला निर्माण हुने र कृषि कलेज र ग्रामीण हुलाकी मार्गसँग जोडिएको गौरीगञ्ज नमूना सहर बन्ने सरकारी निर्णयले यस क्षेत्रका जनता सन्तुष्ट छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारीमा निकै पहुँच रहेको सो क्षेत्रमा सिँचाइको व्यवस्था भए कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने साना किसान कृषि सहकारी संस्था महारानी झोडामा आबद्ध किसान बताउँछन् ।
स्थिर सरकारले मात्र मुलुकलाई समृद्ध बनाउने र सञ्चालित विकासका पूर्वाधार एवं योजनालाई कार्यान्वयनमा ल्याउन वाम गठबन्धनले बहुमत हासिल गर्नुपर्नेमा दमक निवासी होमबहादुर थापा जोड दिनुहुन्छ ।
दक्षिणी भेगका जनताले रतुवा, किस्ने, गौरिया, बनियानी, कन्काई, कमलाजस्ता नदीबाट वर्षेनी कटान र डुबानबाट त्राण पाउन चाहेको तथा हुलाकी मार्ग छिट्टै बनोस् भन्ने चाहना राखेकाले अब बन्ने सरकारले जनताको आवश्यकता र समस्या समाधानमा केन्द्रित भएर काम गर्नुपर्ने प्रस्ताव यहाँ आएका उम्मेदवारसँग राख्दै आएको साविक महाभरा गाविस अध्यक्ष एवं काँग्रेसका पूर्वमहासमिति सदस्य विजय अग्रवाल स्पष्ट पार्नुहुन्छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवारीपछि तीन पटक झापा आएर निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेन्द्रकुमार कार्की र प्रदेशसभाका उम्मेदवार श्रीप्रसाद मैनाली खका गोपालचन्द्र बुढाथोकी, निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पवित्रा निरौला(खरेल) र प्रदेशसभा ‘क’ का एकराज कार्की र ‘ख’ का वृखबहादुर प्रधान, निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र लिङ्देन तथा प्रदेशसभा ‘क’ का वसन्त बानियाँ र ‘ख’ का पूर्णसिंह राजवंशी, निर्वाचन क्षेन नं ४ का प्रतिनिधिसभा उम्मेदवार लालप्रसाद साँवा र प्रदेशसभा ‘क’ का झलकबहादुर मगर र खका हीराबहादुर थापा तथा निर्वाचन क्षेत्र नं ५मा आफ्नै लागि र प्रदेशसभाका ‘क’ का हिक्मतकुमार कार्की र ‘ख’ का अर्जुन राईका लागि आयोजित चुनावी सभालाई सम्बोधन गरिसक्नुभएको छ ।
वाम गठबन्धनका तर्फबाट झापामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीसहित अन्य नेताको चुनावी सभाले वामगठबन्धनका कार्यकर्ता एवं समर्थक निकै हौसिएका छन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट अहिलेसम्म नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबाहेक अन्य नेताको आवागमन भएको छैन ।
गौरीगञ्ज गाउँपालिका वडा नं ३–६, गौरादह नगरपालिका वडा नं १– ८, दमक नगरापालिका र कमल गाउँपालिका मिश्रित यस क्षेत्रमा कूल एक लाख ३७ हजार ५६५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Gb Chettri
पर्ने चै ओलिनै हुन अब जन्ताले केगरे थाहा पाइहालिन्छ।
Udayraj Khadka Khadka
Adhikati
Rupesh Chaudhary
Jay Nepal baliyo????
Devraj Joshi
अधिकारि
Yam Kumar Katuwal
लाजमरनु ओली के दाजनु चुनाब लडने मान्छे नभर कीनेर उठाको उमेदुवार
Raju Dhakal
Adhikari
Ratna Mishra
?
Krishna B Chetri
Adhikari
Bro Nepali
लेखेर राख्नुहोस नेपालमा सबैभन्दा धेरै मतान्तरले बिजयी हुने के पि ओलिनै हुन!!!
Shila Shiwakoti
hain kin janta le na ujeko hau hijuka ful ajaka bachha kaha oli kaha Adhikari koho adhikari vaneko feri
Amrit Basnet
cunab paxi thha hunxa.
Ratna Adhikari
Adhikari
Sher Rawal
Kp
Chandrakala Adhikari Koirala
Aadhikariko
Chandrakala Adhikari Koirala
Kangress testo pagal oliko har hunai par6.ukhan tukka le desh chaldaina .
Udaya Chandra
Adhikari
Rajendra Maila Bhurtel
Kp
Tirtha Dhungel
Adhikari
Buddhi Sagar Baral
ओलिलाइ अधिकारी ले धुलो चटायर पत्तासाफ गर्ने निस्चित छ
Indra Giri
Oli
Manoj Lamichhane
चुनाव को रिज़ल्ट नआऊने हो की कसो नत्र यत्रो किन हतार? संसार को नियम ह्यॉ पनी लागु हुन्छ? कुस्ति खेल्दा दुइटै पहलमान ले जित्दैनन? रात पछि दिन पनी हुन्छ ? अत्तर देखिदैन बास्ना आउछ! पॉद पनी देखिदैन गनाउछ? फरक यति मात्र हो?
Saru Shah Prasai
1 jay nepal
Bharat Raj Bhattarai
ओलि त बयल गाडी चाडेर जान्छन अ्मेरिका तिर
Bhakta Kc
चुनाबमा थाहा हुन्छ काे कहाँ जान्छ भनेर
घिमिरे केटो
Adhimari
Tulasa Basnet
Jay nepal
मगर थापा
Kp oli
Narbahadaur Kunwar
फाेटाे हेरेरै थाहा हुन्छ काे बलियाे काे कमजाेर भनेर
Sudan Karki
Adhikari jitaunu parx
Shiva Bhandari
उखान को प्रतिस्पर्धा भए ओली ले जित्छन
मतमा कसले भन्ने कुरा गणना पछि मात्र