एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर

सारांश

  • कञ्चनपुर ।
  • खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताउनुभएको छ ।
  • कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताउनुभएको हो ।

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताउनुभएको छ ।
कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताउनुभएको हो । खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै लिन नहुने बताउँदै उहाँले खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
विकासको काम सँगसँगै सरकार खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकता दिएर अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले केन्द्रबाट केही नीतिगत कार्यहरू गर्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने बताउनुभयो । 
मन्त्री मगरले संविधान विरोधी र संघीयता असफल पार्न खोज्नेहरुका गतिविधि निष्तेज पार्न सरकार दृढ रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ यो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएकाले सरकार त्यसका लागि लागिरहेको छ । सरकारले केही काम नै गरेन भन्ने दुष्प्रचार भईरहेको छ । त्यस्तो होईन, सरकारले कानुन बनाउनुपर्ने, संघीयता कार्यान्वयन गर्नुपर्ने र विकासका कामहरु गर्नुपर्ने भएकाले तत्काल नदेखिएको हुन सक्छ तर सरकारले एक वर्षमा धेरै काम गरेको छ ।”   
उहाँले सरकारका काम कारवाही रफ्तारमा अघि बढिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताउनुभयो । 
बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बेलौरी नगर शुरुवाती चरणमा रहेकाले नगरमा कार्य गर्न धेरै रहेको बताउनुभयो । ऐन कानुन निर्माणमा भएको ढिलाईले गर्दा बेलौरी नगरले चाहेर पनि विकास निर्माणका कार्यहरू गर्न नसकिरहेको नगर प्रमुख चौधरीको भनाई छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रम शुरु हुनु भन्दा पहिले खानेपानी मन्त्री मगरलाई क्लबद्धारा स्वागत गरिएको थियोे । चैत १ गतेबाट शुरु भएको फुटबल प्रतियोगिता चैत्र ११ गते सम्पन्न हुनेछ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।
जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
Diksha Khati from Jhapa Participants on Miss Universe Nepal
Diksha Khati from Jhapa Participants on Miss Universe Nepal
आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै
नेप्से परिसूचकमा १५ दशमलव ७६ अङ्कको गिरावट
नेप्से परिसूचकमा १५ दशमलव ७६ अङ्कको गिरावट
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
आठौ राष्ट्रिय खेलकुद अपडेट : अहिलेसम्म कसको पदक कति ?
आठौ राष्ट्रिय खेलकुद अपडेट : अहिलेसम्म कसको पदक कति ?
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

तपाईंले छुटाउनुभयो कि?