महानायक हमालद्वारा विद्यार्थी भर्ना

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
महानायक हमालद्वारा विद्यार्थी भर्ना

सारांश

  • जीतपुर, कपिलवस्तु, ८ वैशाख, नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ ।
  • हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बन्नुभएको छ ।
  • “मेरो पहिल्यैदेखि चाहना थियो ।

जीतपुर, कपिलवस्तु, ८ वैशाख, नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ ।

हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बन्नुभएको छ ।

“मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो”, हमालले भन्नुभयो, “राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।”

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उहाँले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री दिनुभयो । बालकको लालनपोषणका लागि केही रकमसमेत उहाँले सहयोग गर्नुभएको राजकी आमा लक्ष्मीले बताउनुभयो ।

कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताउनुभएको थियो ।

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् । बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन । पतिको मृत्युपछि लक्ष्मी श्रमिक बन्नुभएको छ । उहाँ नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्नुहुन्छ । हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत
लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत

तपाईंले छुटाउनुभयो कि?