दाहाल भन्छन् : अबको दश वर्ष विकास निर्माणमा लाग्छु

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
दाहाल भन्छन् : अबको दश वर्ष विकास निर्माणमा लाग्छु

सारांश

  • चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दश वर्ष देश विकासमा लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।
  • चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले दश वर्ष युद्व, १० वर्ष शान्ति प्रक्रियामा लागेको बताउँदै अबको दश आर्थिक विकास निर्माणमा केन्द्रीत हुने बताए ।
  • विकासका दृष्टिले चितवनवासीले आफूलाई हेरेको भन्दै त्यो चितवनबासीको चाहना छिट्टै पूरा हुने उनले उद्घोष गरे ।

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दश वर्ष देश विकासमा लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् । चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले दश वर्ष युद्व, १० वर्ष शान्ति प्रक्रियामा लागेको बताउँदै अबको दश आर्थिक विकास निर्माणमा केन्द्रीत हुने बताए ।विकासका दृष्टिले चितवनवासीले आफूलाई हेरेको भन्दै त्यो चितवनबासीको चाहना छिट्टै पूरा हुने उनले उद्घोष गरे ।

चितवन ३ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो कोही प्रतिष्पर्धी नभएको बताए । ‘कांग्रेसले आफ्नो उम्मेदवार नउठाएकाले मेरो कोही प्रतिष्पर्धी छैनन्’ उनले भने । कांग्रेसका मान्छेहरुले पनि आफूलाई मतदान गर्ने वचनवद्वता गरेको उनको भनाई थियो । राजनीतिभन्दा बाहिरको मान्छे चुनावी मैदानमा भएकाले त्यस्ता व्यक्तिसँग आफ्नो प्रतिष्पर्धा हुनै नसक्ने बताए ।

चुनावअगाडि एकता सम्भव नभएको र चुनावपछि मात्रै पार्टी एकता प्रक्रिया थालिने उनले बताए । दुई तिहाईका लागि मेहनत चाहिने तर स्पष्ट बहुमत आउने उनले दावी गरे । देश वाममय भएको भन्दै सबैले वामपन्थी उम्मेदवारलाई भोट हाल्ने उनले विश्वास व्यक्त गरे ।

विप्लपका कार्यकर्ता माओवादीमा आएको हतास मनिस्थितिका कारण रोल्पामा निहुँ खोजिएको आरोप लगाए । रोल्पा कांग्रेसलेसमेत विप्लव समूहलाई साथ दिएको भन्दै त्यस्ता गतिविधि गरे कांग्रेसलाई समेत घाटा हुने उनले चेतावनी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
विश्वकपमा आज यी ४ वटा खेल हुँदै
विश्वकपमा आज यी ४ वटा खेल हुँदै
दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता
दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस
सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
फागुन २८ गते शुक्रवारको राशिफल यस्तो छ
फागुन २८ गते शुक्रवारको राशिफल यस्तो छ
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

तपाईंले छुटाउनुभयो कि?