संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
सारांश
- सुर्खेत, २२ असार ।
- सुर्खेतको बराहताल गाउँपालिकामा सँगै सुतेकी साथीकै मिलेमतोमा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन।
- महिनावारी हुँदा छाउगोठमा सुतेकी किशोरीमाथि भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत, २२ असार । सुर्खेतको बराहताल गाउँपालिकामा सँगै सुतेकी साथीकै मिलेमतोमा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन।
महिनावारी हुँदा छाउगोठमा सुतेकी किशोरीमाथि भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा पुगेका थिए ।
त्यतिबेला पीडित युवती सुतेकी थिइन् । निर्मला पदमसँग बाहिर निस्किन्। जनक र चेतनले सुरुमा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छाउगोठ निर्मलाको घरदेखि १० मिटर टाढा छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ मा आइतबार राति १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।
प्रहरीका अनुसार पीडित किशोरीको यौनाङ्ग च्यातिएको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।
Ganesh Shakya
यस्ता भातेहरूकाे मुख किन छाेपेकाे ?