समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ:- बिनोद चौधरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
१५
|
२० पटक हेरिएको
Shares
समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ:- बिनोद चौधरी

सारांश

  • औद्योकिरण र रोजगारीको हिसावले २०४८ देखि ५० नेपालको स्वर्ण बर्ष !
  • नवलपरासी।
  • दुईसाता अघि नेपाली काग्रेसमा प्रबेश गरेका उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली काँग्रेसबाट राजनितिमा सकृय रहने बताएका छन् ।

औद्योकिरण र रोजगारीको हिसावले २०४८ देखि ५० नेपालको स्वर्ण बर्ष !

नवलपरासी। दुईसाता अघि नेपाली काग्रेसमा प्रबेश गरेका उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली काँग्रेसबाट राजनितिमा सकृय रहने बताएका छन् ।

नवलपरासीको अमरापुरीमा आयोजित नेपाली काँग्रेसको चुनाबी सभामा पहिलो पटक बोल्दै चौधरीले कांग्रेसवाट सकृय राजनीतिको बिधिवत शुरुवात गरेको बताए ।

राजनितिमा चासो राख्दै आएपनि सकृय थिइन उनले भने आजैदेखि मेरो जिवन कांग्रेसको सकृय राजनितिमा सर्मपर्ण गर्दछु ।

२०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म संचालन भैरहेको बताउदै समृद्ध आर्थिक नितिले मात्र लोकतन्त्र बलियो हुने बताए ।

काँग्रेसले आफनो समेत सल्लाहमा त्यतिखेर लिएको गतिलो आर्थिक नितिका कारण २०४८ देखि २०५० साल सम्म देशमा धेरै रोजगारी र कलकारखाना खुलेको दृश्टान्त दिए । उनले औद्योकिरण र रोजगारीको हिसावले २०४८ देखि ५० सम्मको २ वर्ष नेपालको स्वर्ण बर्ष भएको बताए ।

नेपाली कांग्रेसले दिएको आर्थिक समृद्धि र बिकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारीलाई आफुले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चौधरीले नेपाली काँग्रेसले लिने आर्थिक निति र सम्पन्नताको खाका कोर्ने जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।

म बिदेश भ्रमणमा रहदा मेरो ब्यक्तिगत प्रगतिको प्रशंसा गर्नेहरुले देशको आर्थिक अबस्थाका बारेमा सोध्दा आफुसंग जवाफ नै नहुने गरेको स्मरण गर्दै उनले अब काँग्रेसले समात्ने आर्थिक नितिको बोटो नै भबिश्यमा त्यसको उत्तर हुनेचर्चा गरे ।

उनले देशमा संमृद्धिको पहिलो आधार स्थिर सरकार आबस्यक रहेको औल्याउदै १ सय ५४ स्थानमा एक्लै (प्रतिनिधि सभामा) उम्मेदवारी दिएको कांग्रेसले बहुमत ल्याउन आबस्यक रहेको चर्चा गरे ।

चौधरीले कांग्रेसको बहुमतको सरकार र त्यसले समात्ने आर्थिक बिकासको नीतिले देश समृद्धि तर्फ जाने ठोकुवा गरे । उनले कांग्रेसले लिने आर्थिक नितिको भारीबोक्न आफु तैयार रहेका चर्चा गरे ।

मतदाता धेरै सचेत भैसकेको चर्चा गदै उद्योगपति तथा नेपाली काँग्रेसवाट समानुपातिका तर्फका सभासद समेत रहेका चौधरीले ५ वर्षभित्रमा गर्न सकिने योजनाहरुको खाका खाफुसंग रहेको र त्यो पार्टीलाई सुम्पिने बताए ।

नेपाली काँग्रेसमा प्रबेश गरेको दुइसातापछि पहिलोपटक नवलपरासीको क्षेत्र नम्बर १ को अमरापुरीमा आयोजित चुनाबी कार्यक्रममा २० मिनेट बोलेका चौधरीले काँग्रेसको आर्थिक नीतिका बारेमा चर्चा गरेका थिए । उनी बोल्दा त्यहाँ उपस्थितहरुले पटक पटक तालि बजाएका थिए ।

शशांकलाई जिताउन अपिल 
चौधरीले त्यहाका उम्मेदवार शशांका कोइरालाको प्रशंसा गर्दै ब्यक्तिगत लोभ लालच नभएका , इतिहास र अन्तराष्टिय छबि बोकेका कोइरालाई जिताउन मतदातालाई अपिल गरेका थिए ।

नेपालको भबिस्यको स्पष्ट खाका भएका , सुनौलो इतिहास बोक्नु भएका कोइराला वाट देशले समृद्धिमा फडको मार्ने बेला आएको भन्दै उनले कोइरालाई जिताएर देशलाई आर्थिक गोरेटोमा लैजान सकिने बताए ।

बिनोद चौधरीको कांधमा आर्थिक योजनाः डा शशांक कोइराला
बिनोद चौधरी बोलेपछि कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस महामन्त्री शशांका कोइरालाले बोल्दै बिनोद चौधरीको कांधमा चढेर आर्थिक बिकासको योजना बनाउने धोको रहेको बताए ।

कोइरालाले त्यसो बताउदा कार्यकर्ताले निकै बेर ताली बजाएका थिए । कोइरालाले अगाडि बोल्दै बिनोद चौधरी सफल ब्यक्ती भएका कारण उहाको योजनामा काँग्रेसले देश बिकासको मोडल तैयार गर्ने आफनो सोचाइ रहेको बताए ।

कोइरालाले चौधरीको प्रशंसा गर्दै चौधरीका योजना र सपनासंग कांग्रेसले सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । सोमवार नेपाली कांग्रेसले आयोजना गरेको बिभिन्न चुनाबी सभामा बिनोद चौधरी कोइरालाको पक्षमा जनमत बटुल्न हिडेका छन् ।

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Bishnu Sitaula

    हो नि काङ्रेस्स ले देश लुत्ने लाई छुत दिन्छ नि….!

    Comment Author

    Milan Shrestha

    timi pani manxe khosta…

    Comment Author

    Binod Dhungel

    VAT छल्न

    Comment Author

    Krishna Thapa

    हिजाे सम पमाले काे अायाे अाज कागेस भाेलि माअाेबादिकाे नैतिक गुमायाै

    Comment Author

    Shiva Dahal

    अब ने का काे सरकार हुनुभनेकाे देश
    बरबाद हुनुहाे

    Comment Author

    Ramesh K. Gautam

    भएन खास काम।

    Comment Author

    Sp Pokhrel

    यो देश लुटाहा पिपलपाते के भन्छ?

    Comment Author

    Chiranjibi Paudyal

    यो भन्दा अगाडि के भुत्रो हेरेर एमाले भैस ? अहिले काहाँ स्वार्थ मिलेन ? यस्ता चरित्र भएका मानिसलाई दोग्ला र मुसा प्रबृती भनिन्छ।अब अर्को बर्ष कुन पाटिमा जान्छस अहिले देखि बिचार गर्दै गर ।

    Comment Author

    Praladh Bhandari

    Aula kasko 6

    Comment Author

    Ujjwal Karki

    Kuro ho

    Comment Author

    Sisir Oli

    खाते चाेर देश लुटुवाहरु

    Comment Author

    Shiva Poudel

    स्वार्थी चौधरि

    Comment Author

    Hemdhoj Thapa

    Khayeko thal ma aa garnu thik hoina. Uml ko sabhasad.aba nc. Charitra sakiyo .(dhan sakincha kehee hoina, swastha sakincha kehee sakincha,jaba charitra sakincha sabai thok sakincha )jatee dhan bhage pani.

    Comment Author

    Lagnath Sharma

    नापिस

    Comment Author

    Sudhir Bhandari

    taki lutna sagilo hos

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?