वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
६३ पटक हेरिएको
Shares
वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान

सारांश

  • दमक, २७ साउन ।
  • झापाको गौरादह नगरपालिका– ७ को वडा कार्यालय भवन निर्माणका लागि त्यहाँका एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।
  • बैगुनधुरास्थित वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय रामबहादुर पौडेलले करीब रु ७० लाख मूल्य पर्ने सात कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

दमक, २७ साउन । झापाको गौरादह नगरपालिका– ७ को वडा कार्यालय भवन निर्माणका लागि त्यहाँका एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । बैगुनधुरास्थित वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय रामबहादुर पौडेलले करीब रु ७० लाख मूल्य पर्ने सात कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

हालको वडा कार्यालय साविक बैगुन्धुरा गाविसको कार्यालयमा सञ्चालन हँुदै आएको छ । अमर मावि बैगुन्धुराको जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गर्दै आएको साविक बैगुन्धुरा गाविस र हालको वडा कार्यालयको आफ्नै जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भएको थियो ।

हालको वडा कार्यालय भवन भएको ठाउँबाट करीब पाँच सय मिटर दक्षिण सोही सडकमा जग्गा प्राप्त भएकाले यसै आर्थिक वर्षभित्रमा भवन निर्माणकार्य शुरु गरिने वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो । गौरादह नगरपालिकाले वडा कार्यालय भवन निर्माणका लागि रु १० लाख विनियोजन गरे पनि रकम अपुग हुने भएकाले प्रदेश तथा केन्द्रीय सरकारसँग आवश्यक समन्वय गरी भवनको काम सम्पन्न गरिने वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
दिनभर कुरेपछि बेलुकी वैठक स्थगित, कांग्रेसमा गुटको राजनीति
एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा
एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
फेरि सक्रिय भयो मनुसन, सतर्कत रहन अनुरोध
दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता
दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
थाहा पाउनुस असार १ देखि ७ गतेसम्मको राशीफल, कुन राशीले के भन्छ ?
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला
प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु
प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु