वेरोजगारीको हदः तलब लिएर चाेरी गर्ने अचम्मका यी चाेर !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
वेरोजगारीको हदः तलब लिएर चाेरी गर्ने अचम्मका यी चाेर !

सारांश

  • बेरोजगारको उचाइ यति बढ्यो कि मानिसहरु तलब नै दिएर चोरलाई काम दिन थाले ।
  • भारतको जयपुरमा एउटा यस्तो घटना सार्वजनिक भएको छ जो विश्वास गर्न मुश्किल छ ।
  • भारत प्रहरीले एउटा यस्तो गिरोहलाई समातेको छ जसले तलब नै दिएर चोरी, डकैती, लुटपाटका लागि युवाहरुलाई जागिरमा राख्ने गरेको छ ।

बेरोजगारको उचाइ यति बढ्यो कि मानिसहरु तलब नै दिएर चोरलाई काम दिन थाले । भारतको जयपुरमा एउटा यस्तो घटना सार्वजनिक भएको छ जो विश्वास गर्न मुश्किल छ ।

भारत प्रहरीले एउटा यस्तो गिरोहलाई समातेको छ जसले तलब नै दिएर चोरी, डकैती, लुटपाटका लागि युवाहरुलाई जागिरमा राख्ने गरेको छ । उनीहरुले कामको प्रकृति हेरेर प्रतिव्यक्ति न्युनतम १५ हजार तलब दिएर उनीहरुलाई काममा लगाएको कुरा बाहिर आएको छ ।

उनीहरुको जागिरमा हरदिन कम्तिमा एक चोरी अथवा डकैतीलाई अतिजा दिने द्वेय हुने गर्छ । यसमा मोबाइल, बाइक, सिक्रि आदि जे पनि हुन सक्छन् । उक्त समूहको नाइके आशिष नाम गरेको एकजना व्यक्ति हो जो कुनै कम्पनीको मालिकको जस्तो काम गर्छ । आफ्नो क्षेत्रमा ।
पुलिसले उक्त गिरोहको सात जना सदस्यलाई गिरफ्तार गरिसकेको छ । भने देशैभर यसको सञ्जाल रहेको हुन सक्ने आशंका गरेको छ । प्रहरीले उनीहरुबाट ३३ थान मोबाइल, १२ ल्यापटप र ४ मोटरसाइकल बरामद गरेको छ ।

एक विशेष सूचनाको आधारमा उनीहरु सम्म पुग्न सम्भव भएको प्रहरीले जनाएको छ ।

एेजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?