एड्स संक्रमितलाई सरकारले उपचारको अभाव हुन दिँदैनः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एड्स संक्रमितलाई सरकारले उपचारको अभाव हुन दिँदैनः प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, मंसिर १५ ।
  •  प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभि एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताउनु भएको छ ।
  • ३१ औं विश्व एड्स दिवशको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआइभि संक्रमितलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको बताए ।

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभि एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताउनु भएको छ ।

३१ औं विश्व एड्स दिवशको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआइभि संक्रमितलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको बताए । सन्देशमा सबै संक्रमितहरुमा सेवा पु¥याउन सरकारका स्वास्थ्य निकाय र एड्स विरुद्ध कार्यरत सबै संस्थाहरुलाई आग्रह गरिएको छ ।

एचआइभि एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकता पर्ने प्रधानमन्त्री ओलीले जोड दिए । दिगो विकासका लक्ष्यहरुले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउनु पर्ने पनि उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?