साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !

सारांश

  • काठमाडाैँ, २१ भदाै ।
  • बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा नेपाल अहिले भुटानको सामना गरिरहेको छ।
  • अनन्त तामाङले नेपाललार्इ सुरुवाती अग्रता दिलाएका छन्।

काठमाडाैँ, २१ भदाै । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा नेपाल अहिले भुटानको सामना गरिरहेको छ। अनन्त तामाङले नेपाललार्इ सुरुवाती अग्रता दिलाएका छन्। २१अौं मिनेटमा सुनिल बलको कर्नरमा अनन्तले हेडरमार्फत गोल गर्दै नेपाललार्इ सुरुवाती अग्रता दिलाएका हुन्। नेपालका लागि यो अनन्तको दोस्रो गोल हो।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग र भुटान आयोजकसँग पराजित भएकाले दुबैका लागि यो खेलमा गर या मरको स्थिती छ। जितले सेमिफाइनल सम्भावना जीवित राख्नेछ भने हारसँगै टोली बाहिरिनेछ।

दुई समूहमा बाडिएका सात टोलीमध्ये प्रत्येक समूहका दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। समूह एमा समान ३ अंकका साथ पाकिस्तान र बंगलादेश शीर्ष दुईमा छन्। यस्तोमा भुटान र नेपालका लागि आज जित्दै तीन अंक बटल्नु महत्वपूर्ण छ।

साफ च्याम्पियन्ससिपको इतिहासमा नेपाल भुटानमाथि पुरै हावी छ। पहिलोपटक सन् २००३ मा ढाकामा भएको साफमा दुईबीच भएको प्रतिस्पर्धामा नेपालले भुटानलाई २–० ले पराजित गरेको थियो। बंगलदेशमा नै १५ वर्षपछि आज पुनः साफमा भुटानको सामना गर्दा नेपालको लक्ष्य जितमा ह्याट्रिक गर्दै सेमिफाइनल सम्भावना रहनेछ।

भुटानविरुद्ध साफमा अर्को जित पाकिस्तानको कराचीमा सन् २००५ मा आएको थियो। त्यसबेला भुटानलाई नेपाले ३ – १ ले पराजित गरेको थियो। अर्थात नेपाल भुटानसँग समग्रमा पनि आजसम्म हारेको छैन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपहाडी लोकमार्ग पोखरा-बागलुङ सडक साढे ६ घण्टा बन्द हुने
रोकिएन भुकम्पको त्रास : बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडकाे भूकम्प !!!
रोकिएन भुकम्पको त्रास : बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडकाे भूकम्प !!!
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
Benefits associated with Starting an electronic digital Trade Blog page
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
Human Resources – Best Practices for people who do buiness Management
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी

तपाईंले छुटाउनुभयो कि?