जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १८, २०८०
|
|
१७ पटक हेरिएको
Shares
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि करिब ४० जनाको मृत्यु भएको छ।
  • रुकुममा २८ जना र जाजरकोटमा करिब १२ जनाको मृत्यु भएको छ।

काठमाडौं। पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि करिब ४० जनाको मृत्यु भएको छ।

रुकुममा २८ जना र जाजरकोटमा करिब १२ जनाको मृत्यु भएको छ। जाजारकोटको यकिन विवरण अझै आइसकेको छैन। जजारकोटमा अझ धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ।

जाजरकोटमा मात्र हालसम्म १२ जनाको मृत्यु भएको छ। जाजरकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको हो।

रुकुमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोटमा एकै घरका ६ जना सहित १० जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको खलंगामा केही घरहरू भत्किएका छन्।

जाजरकोटमा घाइतेको संख्या धेरै भएको भेरी नगर पालिकाका मेयर सीपी घर्तीले जानकारी दिए। उनले आफूहरू उद्धारमा खटिएको बताए। भूकम्पको थप मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु रहेर केही समययता लगातार भूकम्प गइरहेका छन्। शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?