सेल्फी प्रतियोगिता सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
७७४ पटक हेरिएको
Shares
सेल्फी प्रतियोगिता सम्पन्न

सारांश

  • देवदह, रुपन्देही।
  • नेपालको मध्य भागमा रहेको पवित्र भूमि लुम्बिनी र दाएन्नेदेवीको काखदेखि करीव ३५ किलो मिटर पश्चिममा पर्ने रुपन्देही जिल्ला अन्तर्गत गौतम बुद्धको मावलस्थल देवदह नगरिमा पहिलो पटक सेल्फी प्रतियोगिता सम्पन्न भएको छ।
  • देवदहको पर्यटन बिकासमा टेवा पुर्याएदै देवदहका ऐतिहासिक एबम धार्मिक स्थलहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वजगतमा पुर्याउने उदेश्यले रुपन्देहीको देवदह नगरीमा माघ १३ गते देखी आयोजित तेस्रो औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७३ अन्तर्गत देवदह व्यापार संघको आयोजना, उज्यालो लाल्टिन प्रतिष्ठानको संयोजन तथा कञ्चन दर्पण साप्ताहिकको सहयोगमा आयोजित “उज्यालोमा देवदह“ बिषयक #selfieindevdaha2073 सेल्फी प्रतियोगिता हिजो सम्पन्न भएको छ।

देवदह, रुपन्देही।

नेपालको मध्य भागमा रहेको पवित्र भूमि लुम्बिनी र दाएन्नेदेवीको काखदेखि करीव ३५ किलो मिटर पश्चिममा पर्ने रुपन्देही जिल्ला अन्तर्गत गौतम बुद्धको मावलस्थल देवदह नगरिमा पहिलो पटक सेल्फी प्रतियोगिता सम्पन्न भएको छ।

देवदहको पर्यटन बिकासमा टेवा पुर्याएदै देवदहका ऐतिहासिक एबम धार्मिक स्थलहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वजगतमा पुर्याउने उदेश्यले रुपन्देहीको देवदह नगरीमा माघ १३ गते देखी आयोजित तेस्रो औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७३ अन्तर्गत देवदह व्यापार संघको आयोजना, उज्यालो लाल्टिन प्रतिष्ठानको संयोजन तथा कञ्चन दर्पण साप्ताहिकको सहयोगमा आयोजित “उज्यालोमा देवदह“ बिषयक #selfieindevdaha2073 सेल्फी प्रतियोगिता हिजो सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले महोत्सव प्राङ्गणमा रहेको उज्यालो लाल्टिन प्रतिष्ठानको स्टलमा नाम दर्ता गराइ देवदहका धार्मिक तथा ऐतिहासिक स्थलहरु, पाकरी वृक्ष, भवानीपुर, रोहिणी नदी, खयरडाँडा, कन्यामाई, बैरीमाई, देवदह ताल लगायातका स्थलहरु मध्य गोलाप्रथा द्वारा आफुलाई परेको एक स्थलमा पुगेर सेल्फी खिची कम्तीमा १०० शब्द सम्ममा उक्त स्थलको बारेमा लेखेर प्रतिष्ठानलाई बुझाउनु पर्दथियो।

७१ जना प्रतियोगीहरुले नाम दर्ता गराएता पनि प्रतियोगिताको दोस्रो चरणमा जम्मा १९ जना प्रतियोगीहरु छनोट भएका थिए। दोस्रो चरणको प्रतियोगिता फेसबुक लाईकबाट ७० प्रतिशत र प्रतिवेदनमाथी निर्णायक समितीले मुल्याङ्कन गरेको ३० प्रतिशत गरी जम्मा नतिजा प्रकाशित गरिएको थियो। फेसबुक र प्रतिवेदन लेखन दुबै गरेर शिला भट्टराइले ८१.५ प्रतिशत, कृति सुवेदीले ७४.५३ प्रतिशत र सुरज भट्टराइले ४०.३७ प्रतिशत प्राप्त गरी क्रमस प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका थिए भने प्रतिवेदन लेखनको ३० प्रतिशतमा २५.५५ प्रतिशत प्राप्त गरी सिद्धीचरण भट्टराई उत्कृष्ट प्रतिवेदन लेखन बिजेता भएका थिए। सम्पन्न प्रतियोगिताले देवदह नगरीलाई एउटा पर्यटकिय नगरीको रुपमा स्थापित गर्न धेरै हदसम्म भूमिका खेलेको र भोलीका दिनमा पनि सामाजिक सञ्जालको सही सदुप्रयोग गरी यस्ता खालका प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्ने स्थानिय समाजसेवी एबम शिक्षक लिलाबल्लभ भट्टराइले बताउनु भयो।

सुरज भण्डारीको संयोजनमा सम्पन्न प्रतियोगीको निर्णायक समितीमा देवदह साप्ताहिकका राम बहादुर गुरुङ र कञ्चन दर्पण साप्ताहिकका बावुराम बस्नेत रहनु भएको प्रतिष्ठानका सदस्य मुकेश ज्ञवालीले जानकारी गराउनु भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तस्बिरमा सीता दाहालको श्रद्धाञ्जली सभा
तस्बिरमा सीता दाहालको श्रद्धाञ्जली सभा
एमसीसी कुनै हालतमा कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा
खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा
चर्चित गायिका मन्जु पौडेल र सन्तु  थापा को स्वर  नाइनाइ भन्छ मायाले  (भिडियो सहित) हेर्नुहोस्.
चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर नाइनाइ भन्छ मायाले (भिडियो सहित) हेर्नुहोस्.
म कुनै काम पर्दा पछाडि गर्दिन : प्रधानमन्त्री ओली
म कुनै काम पर्दा पछाडि गर्दिन : प्रधानमन्त्री ओली
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना