जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

सारांश

  • चौतारा ।
  • विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ ।
  • काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

चौतारा । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ ।

काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत ‘जुगल–१’ देखि ‘जुगल–५’ नामाकरण भएका पाँच चुचुरा आरोहणका लागि खुल्ला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम गरिएको छ ।

छ हजार एक सय ५१ मिटर अग्लो जुगल हिमालमा पहिलोपटक विसं २०७५ को चैतमा सफल आरोेहण गरिएको थियो । हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाअन्तर्गत पर्ने आठमध्ये एक रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालअन्तर्गत दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पर्दछन् । दोर्जे लाक्पाको उचाइ छ हजार नौ सय ६६ मिटर छ ।

यससम्बन्धी जानकारी दिन यहाँ आयोजित एक कार्यक्रमलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतले सम्बोधन गरेको थियो ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व रहेको ने–पेमाछालमा लामा गुरुले पूजा आजा समेत गरिएको थियो भने पर्यटन प्रवद्र्धनका लागि यहाँ विविध कार्यक्रमको पनि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
हिउँदे अधिवेशनमा सत्ताइस विधेयक कारवाही प्रक्रियामा
हिउँदे अधिवेशनमा सत्ताइस विधेयक कारवाही प्रक्रियामा
सिद्दबाबा आइसियूबाट पक्राउ
सिद्दबाबा आइसियूबाट पक्राउ
मच्छिन्द्रनाथको रथ तान्न खोज्दा प्रहरी र स्थानीयबीच झडप
मच्छिन्द्रनाथको रथ तान्न खोज्दा प्रहरी र स्थानीयबीच झडप
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
बुबाअामाकाे सम्झनामा स्वास्थ्यचौकीकाे भवन निर्माण !
बुबाअामाकाे सम्झनामा स्वास्थ्यचौकीकाे भवन निर्माण !
बाराका दुवै उपमहानगरमा एमालेको अग्रता
बाराका दुवै उपमहानगरमा एमालेको अग्रता
राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त

तपाईंले छुटाउनुभयो कि?