राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन् ।
  • आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन प्रकरणको छानबिनबारे उनले भने, ‘यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुने किसिमका कयौँ क्रियाकलापको निगरानी कसले गरिरहेको छ ? यसको जवाफ कसले दिन्छ ?’ उनले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरू संलग्न भएको आशङ्का भए उ्नीहरू माथि पनि छानबिन गर्नुपर्ने माग गरे ।

बैठकमा उनले संसद् अवरोध गरेर तीन दलबीच हुने छलफलबारे समेत असन्तुष्टि व्यक्त गरे । ‘हामीलाई आशङ्का छ कि केही दलका केही नेता बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन’, उनले भने, ‘संसद् चल्ने भनेको कुनै अमूक दलका नेताको कुरा मिल्दा र नमिल्दा हैन, यहाँ नेपाली जनताको मुद्दामा छलफल हुुनपर्दछ । संसद् चल्नुपर्दछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?