बराहपोखरी खोटाङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले
सारांश
- १८ असार, खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ ।
- अध्यक्षमा कांग्रेसका शालिकराम वन्जरा १९७१ मत ल्याएर विजयी भएका हुन् ।
- बन्जरालाई पछ्याएका एमालेका गणेशप्रसाद कोइराला १७३२ मतमा रोकिए ।
१८ असार, खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ ।
अध्यक्षमा कांग्रेसका शालिकराम वन्जरा १९७१ मत ल्याएर विजयी भएका हुन् । बन्जरालाई पछ्याएका एमालेका गणेशप्रसाद कोइराला १७३२ मतमा रोकिए ।
उपाध्यक्षमा भने एमालेकी गोमा मनगर १८४४ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला राईले १७०० मत प्राप्त गरिन् ।
यो सँगै खोटाङका तीन गाउँपालिका कांग्रेसले जितेको छ भने एमाले एक नगरपालिकासहित तीन तहमा विजयी भएको छ । जिल्लाको ४ स्थानीय तहको मतगणना अहिले जारी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया