पाँच बुदे आरोपमा कुनै सत्यता छैन:एन्फा प्रवक्ता राई
सारांश
- काठमाडौ १२,पुष।
- अखिल नेपाल फुटबलस संघ एन्फाको बर्तमान नेतृत्वले आफूहरुमाथि लगाइएका आरोपको खण्डन गरेको छ।
- (एन्फा) का प्रवक्ता किरण राईले एन्फा माथि केही जिल्लाका फुटबल संघले लगाएको आर्थिक चलखेल सहीतको आरोपप्रति खण्डन गरेका छन।
काठमाडौ १२,पुष।अखिल नेपाल फुटबलस संघ एन्फाको बर्तमान नेतृत्वले आफूहरुमाथि लगाइएका आरोपको खण्डन गरेको छ।(एन्फा) का प्रवक्ता किरण राईले एन्फा माथि केही जिल्लाका फुटबल संघले लगाएको आर्थिक चलखेल सहीतको आरोपप्रति खण्डन गरेका छन।
उपत्यकाका काठमाडौ,ललितपुर,भक्तपुर र धादिङ जिल्लाका फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गरेर एन्फाको वर्तमान कार्यसमितिले केन्द्रिय निर्वाचनका क्रममा आर्थिक चलखेल गरेको,निर्वाचन समितिलाई आर्थिक प्रलोभनमा पारेको,अदालतलाई आर्थिक रुपमा प्रभाव पार्न खोजेको,मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको,हवाई टिकट तथा अन्य अनियमितताका लागि ठूलो धनराशी खर्च गरेको,निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका थिए।सम्मेलनमा उनीहरुले प्रमाणका रुपमा एक अडियो क्लिप पनि सार्वजनिक गरेका थिए । जसमा वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत केही पदाधिकारीहरुले रकम वितरण र विभाजन सम्बन्धी छलफल गरिरहेको सुनिएको थियो।
प्रवक्ता किरण राईका अनुसार ती सबै आरोपहरु तथ्यहीन,आधारहीन छन्, यदि साँचो हो भने उनीहरुले प्रमाणित गरेर देखाउनुपर्यो, होइन भने माफी माग्नुपर्यो।उनले भने फुटबलको विकास नचाहेका केही व्यक्तिहरुले ती चार फुटबल संघहरुलाई उक्साएको ले उहाँहरु ले झुटो आरोप लगायर एन्फा लाई बदनामी गराउन खोज्नु भयको हो,हामी ती चारै फुटबल संघसँग छिटै भेटघाट गरेर एन्फा विरुद्ध जानुको कारणबारे छलफल गर्नेछौ।
प्रवक्ता राईले भने ‘त्यतीबेला निर्वाचन गराउने ठाउँमा हामीहरु थिएनौं, निर्वाचन गराउने कमिटीनै उहाँहरुले बनाउनु भएको हो । तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणी कुवर र महासचिब धिरेन्द्र प्रधानहरु नेतृत्वमा हुनुहुन्थ्यो,हामीले पहिलानै राजीनामा गरेकाले एन्फामा हाम्रो उपस्थिति थिएन् । आर्थिक कारोबार समेत उहाँहरुले नै गर्नु भएकाले यस विषयमा श्रेष्ठ, कुवर र प्रधानले जवाफ दिनुपर्छ?
अदालतलाई आर्थिक रुपमा प्रभाव पार्न खोजेकोकुरा मा राईले भने सम्मानित अदालतमाथि गरिएको यो टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ । यसले अदालतको मानहानी गरेको छ । लामो समयसम्म फुटबलमा योगदान गरेकै साथीहरुबाट यस्तो अभिव्यक्ति आउन दुःखद् कुरा हो।राईका अनुसार निर्वाचन कमिटीका सदस्यहरुलाई न त हामीले धम्क्याएका छौं न कुनै रकम दिएका छौं । ती सबै आरोपहरु पूर्णरुपमा आधारहीन छन।
प्रतिक्रिया