निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
५६ पटक हेरिएको
Shares
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा

सारांश

  • प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ ।
  • तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई यहाँ आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको छ ।
  • ”  सभापति देउवाले “निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हँुदैन,” भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ ।

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई यहाँ आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको छ ।”

 सभापति देउवाले “निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हँुदैन,” भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उहाँले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पीडित जनतालाई अधिकार दिलाउन स्थानीय निर्वाचन अपरिहार्य भएको बताउँदै स्थानीय तहको आगामी निर्वाचनमा मधेस केन्द्रित दल पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

“मधेसको पक्ष र विपक्षमा को छ भन्ने प्रष्ट पार्नका लागि पनि संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्दछ,” उहाँले भन्नसभयो – “पार्टीको गुटउपगुटभन्दा माथि उठेर टिकट वितरण गर्न सक्नुपर्दछ ।”

नेता पौडेलले पार्टीका स्थानीय संयन्त्रबाटै टिकट वितरण प्रक्रिया टुङ्ग्याउनुपर्नेमा जोड दिदैं काँग्रेस मधेसबाटै जन्मिएको पार्टी हो, त्यसैले प्रदेश नं २ ले नै काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री डा शशांक कोइरालाले काँग्रेस प्रदेश नं २ बाट पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै टिकट नपाएका असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र संघको निर्वाचनमा व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्ने बताउँदै अन्तिम समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि संशोधनको पक्षमा मतदान गर्ने आशा व्यक्त गर्नुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा गुटउपगुटका भन्दा पनि पार्टीले योग्य उम्मेदवार चयन गर्नुपर्ने सुझाव दिँदै संविधान संशोधन विधेयक प्रक्रियामा लैजान काँग्रेस तयार रहेको बताउनुभयो ।

प्रदेश नं २ का १०० तहमा जित्ने रणनीतिक योजना

स्थानीय तहको दुई चरणको निर्वाचनमा दोस्रोस्तरमा झरेको काँग्रेसले तेस्रो चरणको निर्वाचनबाट पुनःपहिलो पार्टी बन्ने रणनीतिक योजना अघि सारेको छ ।

काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाएको प्रदेश नं २ को भेलाका बारेमा प्रकाश पार्दै नेता विमलेन्द्र निधिले आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने बताउनुभयो ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस एमालेभन्दा ५० तहमा पछि परेको भन्दै नेता निधिले पहिलो बन्नलाई प्रदेश नं २ का कुल १२७ तहमध्ये १०० तहमा काँग्रेसले जित्नैपर्ने धारणा राख्नुभयो ।

प्रदेश नं २ को निर्वाचनको तयारीका लागि पर्याप्त समय भएको भन्दै उहाँले यस बीचमा समयमै उम्मेदवार चयन, प्रचारप्रसार र असन्तुष्ट कार्यकर्ताको माग सम्बोधन गर्न सकिने बताउनुभयो ।

प्रदेश नं २ का सप्तरी र सिराहाबाहेक छ जिल्लाका ९६ तहमध्ये १९ तहमा मात्रै एमालेको प्रभाव रहेको आँकलन गर्दै काँग्रेसले त्यस्ता तहमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाललगायत दलसँग चुनावी तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।

नेता निधिले विगतमा तयारी नपुगेका कारण कतिपय स्थानमा अन्य पार्टीसँग चुनावी तालमेल गरेर पनि विजय हासिल हुन नसकेको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा तयारी र सुझबुझका साथ तालमेल गर्न सकिने धारणा राख्नुभयो ।

भेलामा प्रदेश नं २ का आठवटै जिल्लाका पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुनुहुन्छ ।

शुक्रबारसम्म छलफल हुने सो कार्यक्रममा आठवटै जिल्लाका आठ समूह बनाएर उम्मेदवार सिफारिस, प्रचारप्रसार र अन्य दलसँगको चुनावी तालमेल सम्बन्धमा छुट्टाछुट्टै र सामूहिक छलफल गरी निष्कर्ष निकालिने पार्टी कार्यालयले जनाएको छ ।
अन्नपूर्ण टिभी बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल र हमासबीच युद्ध विरामको संकेत
इजरायल र हमासबीच युद्ध विरामको संकेत
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
यी ५ राशी भएका मानिस किन अरुभन्दा चलाख र होशियार हुन्छन् ?
यी ५ राशी भएका मानिस किन अरुभन्दा चलाख र होशियार हुन्छन् ?
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो
आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची
बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन