बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’

सारांश

  • गोरखा, २९ कार्तिक ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईलाई ज्ञान भएको तर बुद्धि नभएको मान्छेको संज्ञा दिएका छन् ।

गोरखा, २९ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञान भएको तर बुद्धि नभएको मान्छेको संज्ञा दिएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेको गोरखाको क्षेत्र न. २ मा आयोजित चुनावी सभालाई बुधबार संवोधन गर्दै अध्यक्ष प्रचण्डले बाबुरामबारे यस्तो टिप्प्णी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘मैले उहाँलाई भनेको पनि छु, तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो । तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन । ज्ञान भएको, बुद्धि नभएको मान्छे भन्ने गरेको छु मैले बाबुरामजीलाई ।’

उनले आफ्नो पार्टीमा नयाँ शक्तिका करिब सबै नेता तथा कार्यकर्ताहरु आईसकेकोले अब बाबुरामको नयाँ शक्ति सकिएको दाबी गरे । उनले थपे,‘अघिमात्रै पनि मैले चितवनमा थुप्रै नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएँ, उहाँहरु भन्दैहुनुहुन्थ्यो अब नयाँ शक्ति समाप्त भयो।’

आफूले २५ वर्षदेखि बाबुरामलाई बचाउँदै–बचाउँदै, जोगाउँदै–जोगाउँदै ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,‘धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई, तर,पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो ? कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।’

उनले तत्काल माओवादी केन्द्रमा फर्किनको लागि समेत बाबुरामलाई आग्रह गरे । दाहालले अघि थपे,‘खुरुक्क माओवादीमा फर्किनुस, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ ।’

प्रचण्डले बाबुरामलाई उम्मेद्धवारी फिर्ता गरेर माओवादीमा आउन आग्रह गर्दै भने,‘म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुुस्, तपाईलाई स्वागत गर्न तयार छु । आउनुस, उम्मेदवार छोडर आउनुस, तपाईले जित्नु पनि हुन्न । तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न ।’

बाबुरामजी घर न घाटको भएको रमाइलो नलागेको उनको भनाई थियो। दाहालले निकै भावुक हुँदै भने,‘म फेरि एकपटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस् । दुनियाँका अगााडि किन नाटक गर्नुहुन्छ ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रहरी
शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रहरी
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस
काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु
सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु
जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव: प्रचण्ड
जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव: प्रचण्ड
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य