काठमाडौँ उपत्यका खतराको सूचीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
२० पटक हेरिएको
Shares
काठमाडौँ उपत्यका खतराको सूचीमा

सारांश

  • काठमाडौं उपत्यका खतरामा परेको सम्पदाको सूचीमा सुचीकृत भएको छ ।
  • सन् २०१९ का लागि युनेस्कोको उत्कृष्ट गन्तव्य र खतरामा परेको सम्पदाबारे सार्वजनिक सूचीमा काठमाडौं उपत्यका खतरामा परेको सम्पदाको सूचीमा परेको हो ।
  • खतराको सूचीमा परेकै कारण यो पटक काठमाडौँ उपत्यकालाई उत्कृष्ट गन्तव्यको सूचीको मनोनयनमा समेत राखिएन ।

काठमाडौं उपत्यका खतरामा परेको सम्पदाको सूचीमा सुचीकृत भएको छ । सन् २०१९ का लागि युनेस्कोको उत्कृष्ट गन्तव्य र खतरामा परेको सम्पदाबारे सार्वजनिक सूचीमा काठमाडौं उपत्यका खतरामा परेको सम्पदाको सूचीमा परेको हो । खतराको सूचीमा परेकै कारण यो पटक काठमाडौँ उपत्यकालाई उत्कृष्ट गन्तव्यको सूचीको मनोनयनमा समेत राखिएन ।

काठमाडौंलाई स्मार्ट शहर बनाउने दाबीसहित जनप्रतिनिधिले लोकप्रीय भाषण गरिरहँदा अन्तराष्ट्रिय तहमा उपत्यका खतराको सूचीमा पर्नु लाजमर्दो विषय बनेको छ । उपत्यकामा अव्यवस्थित शहरीकरण, आधुनिकिकरणका नाममा परम्परागत निर्माण र अभ्यासमा आएको कमीले खतराको सूचीमा परेको हो ।

परम्परागत घर निर्माणमा आएको कमीलगायतका कारणले स्थानीय संस्कृति जोखिममा परेको छ । काठमाडौं उपत्यकासहित बँगलादेशको सुन्दरवन, बुल्गेरियाको प्राचीन शहर नेसेबार, अल्बानियाको अरिड क्षेत्र, मेक्सिकोको गल्फ अफ क्यालिफोर्निया र इराकको प्राचीन शहर बेबिलोन खतरामा परेका सम्पदाहरुको सूचीमा परेका छन् ।

विश्व सम्पदामा परेकामध्ये नेपालका कुनैपनि स्थान गन्तव्य क्षेत्रको मनोनयनमा परेका छैनन् । भारतको राजस्थान शहर गन्तव्य शहरको सूचीमा परेको छ ।

को बन्दैछ उत्कृष्ट

सोमबार सार्वजनिक सूचीबारे अजरबैजानको बाकुमा उत्कृष्ट गन्तव्यको निर्णय हुनेछ । खतराको सूचीमा परेकाले काठमाडौं उपत्यका मनोनयमा पर्न सकेन ।

विश्व सम्पदामध्ये उत्कृष्ट गन्तव्यस्थलको सूचीमा प्राकृतिक गन्तव्यस्थलमध्ये चीनको एलो सी बोहाई गल्फ, इरानको हिरकानियन जङ्गललगायत मनोनयनमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?