चलचित्र ‘मारुनी’ को टीम नेपाल टूरमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
चलचित्र ‘मारुनी’ को टीम नेपाल टूरमा

सारांश

  • काठमाडौं।
  • आगामी हप्ताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ’मारुनी’को टिम अहिले प्रचार प्रसारको लागि नेपाल टुरमा निस्किएको छ।
  • इटहरी पछि चितवन पुगेको टिमले चितवनमा भव्य कन्सर्ट गरेको छ।

काठमाडौं। आगामी हप्ताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ’मारुनी’को टिम अहिले प्रचार प्रसारको लागि नेपाल टुरमा निस्किएको छ। इटहरी पछि चितवन पुगेको टिमले चितवनमा भव्य कन्सर्ट गरेको छ। चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा उल्लेख्य दर्शकहरुको उपस्थिति थियो।

कार्यक्रममा कलाकारहरु पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्रको दुई गीत ’जाम न माया जाम’ र ’सक्दिन म बाँच्न’ मा नृत्य गरेका थिए। उनिहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ गरेका थिए। उनिहरुसँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए। यस्तै केही फ्यानहरु पिछा गर्दै होटेलसम्म पुगेका थिए। उनीहरुले कार्यक्रममा बोल्दै चलचित्र राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरेका थिए।

चलचित्रकी निर्माता पुनम गौतमले आफ्नो घर नै चितवन भएकोले आउन लागेको तीजमा माइतीलाई ’मारुनी’ कोसेली लिएर आएको बताइन् । यस्तै, निर्देशक नवल नेपालले आफुले मुटु छुने चलचित्र बनाएकोले सबैलाई हेरिदिन आग्रह गरे । कार्यक्रममा गायक कृष्ण काफ्लेले पनि गीत गाएर दर्शकहरु लाई नचाएका थिए । चितवन पछि भदौ ७ गते पोखरा, ८ गते बुटवल र ९ गते नेपालगन्ज मा कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?