एन्फाको कार्यसमिति सदस्यमा शेर्पाको प्यानलै विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
एन्फाको कार्यसमिति सदस्यमा शेर्पाको प्यानलै विजयी

सारांश

  • काठमाडाै, २२ वैशाख ।
  • नेपाल फुटबल संघ एन्फाको शनिबार सम्पन्न १७ महाधिवेशनमा सम्पन्न निर्वाचनको मत परिणाम  सार्वजनिक भएकाे छ ।
  • निर्वाचन समितिले ११ सदस्यका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हाे।

काठमाडाै, २२ वैशाख ।नेपाल फुटबल संघ एन्फाको शनिबार सम्पन्न १७ महाधिवेशनमा सम्पन्न निर्वाचनको मत परिणाम  सार्वजनिक भएकाे छ ।

निर्वाचन समितिले ११ सदस्यका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हाे। ११ सदस्यका लागि २९ जनाले उम्मेदावरी दिएका थिए।

निर्वाचित कार्यसमिति सदस्यहरुमा दाबा लामा (५६), निरोध खड्गी (५२), पूर्णमान चित्रकार (५५), रवीन्द्रनाथ श्रेष्ठ (४२), मधुशुधन उपाध्याय (४८), प्रवेशसिंह राठौर (४८)मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै दिनेन बञ्जनकार(५५), दीर्धबहाुर केसी ‘कुमार’ (५५), विजय घले (५३), किरण राई (५०)रत्नकुमार श्रेष्ठ (४८) मतका साथ विजयी भएका छन्।

विजयी सम्पूर्ण सदस्यहरु अध्यक्ष पदका उम्मेदवार कर्माछिरिङ शेर्पा प्यानलका हुन्।

अहिले उपाध्यक्षको मतगणना भैरहेको छ भने केही बेरमा अध्यक्ष पदको मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?