कतारमा प्रकाश र सुखीरामको स्मरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कतारमा प्रकाश र सुखीरामको स्मरण

सारांश

  • भोला थापा, दोहा, ८ मंसिर।
  • कतारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम प्रचण्डका पुत्र साकार दाहाल (प्रकास) र जनवादी गायक खुसीराम पाख्रीनको स्मृतिसभा आयोजना गरेका छन्।
  • नेपाली जनप्रगतीशिल मंच कतार र प्रवासी नेपाली मंचले कतारले सनैयामा बिहीवार संयुक्त कार्यक्रम गर्दे गत मंसिर ३ गते असमयीक निधन भएका दाहाल तथा उनैको सम्झनामा गत मंसिर ५ गते चितवनमा वाम गठबन्धनले सयुक्त रुपमा आयोजना गरेको जन सभामा जनवादी गीत प्रस्तुत गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएका स्वर्गीय पाख्रिनप्रति स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो।

भोला थापा, दोहा, ८ मंसिर। कतारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम प्रचण्डका पुत्र साकार दाहाल (प्रकास) र जनवादी गायक खुसीराम पाख्रीनको स्मृतिसभा आयोजना गरेका छन्।

नेपाली जनप्रगतीशिल मंच कतार र प्रवासी नेपाली मंचले कतारले सनैयामा बिहीवार संयुक्त कार्यक्रम गर्दे गत मंसिर ३ गते असमयीक निधन भएका दाहाल तथा उनैको सम्झनामा गत मंसिर ५ गते चितवनमा वाम गठबन्धनले सयुक्त रुपमा आयोजना गरेको जन सभामा जनवादी गीत प्रस्तुत गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएका स्वर्गीय पाख्रिनप्रति स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै नेकपा मओवादी केन्द्रका मध्यपुर्व संयोजक सनीकुमार वलीले स्वर्गिय दहालले विद्रोहबाट आएको नेताको सचिवालय ब्यवस्थापन र सुरक्षा लगाएतका चुनौतीपुर्ण कार्यलाई उत्कृष्ट रुपमा सम्पन्न गरेको भन्दै कोहि पनि मान्छे जीवित रहने बेलासम्म उसलाई विभिन्न टिकाटिप्णी गरिए पनि उसको अभावमा मात्र वास्तविक मुल्याङकन हुने बताए।

साथै वलीले जनवादी गायक एवंम नेकपा मओवादी केन्द्रका सल्लाहकार पाख्रीनले आफना सिर्जनामार्फत सधै जनतालाई चेतना फैलाउने र बिशेष गरि युवालाई नेतृत्व लिन आह्वान गर्ने गरेको बताए।

सो शोक सभामा बोल्दै प्रवासी नेपाली मंच कतारका संस्थापक अध्यक्ष कमलमणि गुँरागाईले स्वर्गीय दाहाल र पाख्रीनको निधनबाट समग्र वामपान्थी आन्दोलनमा अपूर्णीय क्षती पुगेको भन्दै यस शोकलाई शक्तिमा बदलेर अगाडि बढनुपर्ने बताए।

कार्यक्रममा प्रवासी नेपाली मंच कतारका अध्यक्ष चाणक पोख्रेलले स्वर्गीय प्रकाश दाहालको निधनप्रति सिङ्गो प्रवासी नेपाली मंच शोकमा डुबेको भन्दै प्रकाश पूर्व प्रधानमन्त्री तथा नेकपा माकेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्र मात्र नभएर सिङ्गो नेपालको एक होनाहार युवा गुमाउनु परेका बताए।

जनप्रगतीशिल मंचका पाँचौ महाधिवेशन समिती संयोजक रकम ध्वाज राईको सभापतित्व सम्पन्न सो कार्यक्रममा नेपाली जन सम्पर्क समिती कतारका महामन्त्री अजिज अली, गैरआवसीय नेपाली संघ सामान्य परिषद कतारका अध्यक्ष नविन पोख्रेल, प्रवासी नेपाली मंच कतारका सल्लाहकार टिवि कार्की, संघिय लिम्वुवान सामाजिक मञ्चका महासचिव डम्बर एभेन, नेपाली जनप्रगतीशील मञ्चका संगठन विभाग प्रमुख मोहन कार्की, सल्लाहकार सन्तोष क्षत्री, नेपाली जनप्रगतिशिल मंचका पाचौ महाधिवेशन सहसंयोजक राजु डुम्रे , एनआरएनए एनसिसि कतारका उपाध्यक्ष सुदर्शन भट्ट, महासचिव बुधबल गुरूङ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे लगायत प्रवासी नेपाली मंच र नेपाली जनप्रगतिशिल मंचमा आवद्ध लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च कतारका सचिव महेश दाहालले शोक वक्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मंच कतारका महासचिव मुनाफ मियाँले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?