के गर्दैछन् सिके राउत आजभोली ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
के गर्दैछन् सिके राउत आजभोली ?

सारांश

  • स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गरेका सिके राउत र सरकारबीच गत फागुन २४ गते ११ बुँदे सहमति भयो।
  • यो सहमतिसँगै मधेसलाई अलग्गै देश बनाउन अभियान चलाएका राउत खुला राजनीतिमा पदापर्ण भए।
  • राष्ट्रियताको खतराको रुपमा हेरिएका राउत खुला राजनीतिमा आएसँगै त्यसलाई सरकारले आफ्नो ठूलो सफलताका रुपमा व्याख्या गर्यो।

स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गरेका सिके राउत र सरकारबीच गत फागुन २४ गते ११ बुँदे सहमति भयो। यो सहमतिसँगै मधेसलाई अलग्गै देश बनाउन अभियान चलाएका राउत खुला राजनीतिमा पदापर्ण भए। राष्ट्रियताको खतराको रुपमा हेरिएका राउत खुला राजनीतिमा आएसँगै त्यसलाई सरकारले आफ्नो ठूलो सफलताका रुपमा व्याख्या गर्यो। हुन पनि मुलुक टुक्राउने अभियान चलाइरहेका राउत मुलुकको संविधानलाई स्वीकार गर्दै खुला राजनीतिमा आउनेलाई सबैले सकारात्मक रुपम नै लिएका छन्।

सरकारसँग ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आएका राउतले पछिल्लो समय निर्वाचन आयोगमा दल दर्ता गरेर संगठन निर्माणमा लागेका छन्। राउत नेतृत्वको जनमत पार्टी जेठ ६ गते निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको थियो। खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ वैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए।

निर्वाचन आयोगमा विधिवत दर्ता भएपनि राउत नेतृत्वमा जनमत पार्टी अहिले संगठन निर्माणमा जुटेको छ। विशेष गरी तराईका जिल्लालाई मुख्य कर्मभूमि बनाउँदै राजनीति गर्दै आएका राउतले आगामी निर्वाचनमा तराइको पहिलो पार्टी बन्ने गरी संगठन निर्माण गरिरहेका छन्। दुई नम्बर प्रदेशमा मधेस केन्द्रित दलको टाउको दुखाइ बनेका राउत निर्वाचनमार्फत पहिलो दल बन्ने गरी संगठन निर्माणमा लागेको सो पार्टीले जनाएको छ।

पछिल्लो समय ओली सरकारका समर्थक जस्तो देखिने राउत दुई नम्बर प्रदेशका युवामाझ निकै लोकप्रिय छन्। खुला राजनीतिमा आएपछि राउत धेरै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् र उनले सुसुप्त रुपमा संगठन निर्माणको काम भने जारी राखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
निर्वाचनले ततायो तराइमा बढेको चिसोलाई
निर्वाचनले ततायो तराइमा बढेको चिसोलाई
काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन
काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन
९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला
९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
नवरात्रको आठौं दिन, आज महागौरीको पूजाआजा गरिँदै
नवरात्रको आठौं दिन, आज महागौरीको पूजाआजा गरिँदै
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ