मिस टुरिजम–२०१७ को आवेदन खुल्ला, फाइनल कात्तिक १८ मा हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
मिस टुरिजम–२०१७ को आवेदन खुल्ला, फाइनल कात्तिक १८ मा हुने

सारांश

  • काठमाडौं ।
  • प्वाईन्ट मिडिया प्रा.
  • लि.

काठमाडौं । प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी कात्तिक १८ गते ‘मिस टुरिजम–२०१७’ को आयोजना गर्ने भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ को आयोजना गर्न लागिएको प्वाईन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक नविन काफ्लेले बताए ।

यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्वन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्वन गर्ने आयोजकको अपेक्षा छ ।

यसपटक ‘मिस टुरिजम–२०१७’ मा सहभागी हुन चाहनेहरुका लागि भोलि भदौ १९ गते सोमवारबाट असोज ६ गते शुक्रवारसम्म देशभर आवेदन खुल्ला गरिएको छ । ‘मिस टुरिजम–२०१७’ का लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् ।

मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाईएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

मिस टुरिजमको आवेदन खुल्ला भएको भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति राजेन्द्र प्रसाद सापकोटाले मिस टुरिजम नेपालको समग्र पर्यटन क्षेत्रको एउटा प्रोडक्ट भएको बताउँदै मिस टुरिजमको बिजेतालाई नेपालको पर्यटन क्षेत्रले पर्यटन प्रवद्र्वनमा लगाउनुपर्ने बताए । उनले मिस टुरिजमको विजेतालाई सम्मान स्वरुप नेपाल पर्यटन बोर्डले सद्भावनादुत नियुक्त गरेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलियाले मिस टुरिजमलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको बताए । उनले अघिल्लो वर्षभन्दा यस वर्ष मिस टुरिजमलाई अझ भव्य बनाउन समग्र पर्यटन क्षेत्र लाग्नुपर्ने बताए ।
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजालले मिस टुरिजम रुपमा मात्र नभएर विचारमा पनि योग्य रहेको आफूहरुले अघिल्लो वर्ष नै देखेको बताउँदै रुप ज्ञान दुवैमा योग्य व्यक्ति मिस टुरिजम हुनुपर्ने वताए ।

टानका पूर्व अध्यक्ष दिपक महतले आयोजकले मिस टुरिजम आयोजना सुरु गरेर निकै राम्रो कामको सुरुवात गरेको बताउँदै मिस टुरिजमको भूमिकालाई फराकिलो बनाउन समग्र पर्यटन क्षेत्र लाग्नुपर्ने बताए ।

नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्सालले मिस टुरिजमलाई नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि लानुपर्ने वताए ।

त्यसैगरी युवा पर्यटन व्यवसायि एवं नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडाले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रोडक्ट रहेको बताउँदै देशभरका योग्य व्यक्तिहरु कोहि पनि यसमा छुट्न नहुने बताए ।

राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रोडक्ट भएकोले यसलाई सफल पार्न समग्र पत्रकारहरुले सहयोग गर्ने बताए । कार्यक्रममा मिस टुरिजम–२०१६ ओरुषा थापाले आफ्नो अनुभव सुनाईन ।

कार्यक्रममा पर्यटन व्यवसायिहरु अञ्जन थापा, खुमबहादुर सुवेदी, आर.बि. अधिकारी, पासाङ शेर्पा छेटुप तामाङ, शम्शेरजंग पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
कौशलटारमा आगलागी, ६ करोडको क्षति
कौशलटारमा आगलागी, ६ करोडको क्षति
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु
बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु
झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा
झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा
कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल
कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल
बैतडीको पञ्चेश्वर गाउँपालिका६ मा राप्रपाको प्यानल विजयी
बैतडीको पञ्चेश्वर गाउँपालिका६ मा राप्रपाको प्यानल विजयी
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र

तपाईंले छुटाउनुभयो कि?