धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
४२ पटक हेरिएको
Shares
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ

सारांश

  • काठमाडौँ ।
  • भुटानी शरणार्थी प्रकरणमा १५ लाख धरौटी तिरेर छुटेका काठमाडौँ–३० असनका केशव तुलाधरलाई पुनः प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’को जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पुनः नियन्त्रणमा लिइएकाे हाे ।

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा १५ लाख धरौटी तिरेर छुटेका काठमाडौँ–३० असनका केशव तुलाधरलाई पुनः प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’को जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पुनः नियन्त्रणमा लिइएकाे हाे ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका थिए । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको मुद्दामा अदालतले उनीसँग १५ लाख धरौटी मागेको थियो । उनले उक्त धरौटी बुझाइसकेका छन् । उनी धरौटी बुझाउनासाथ पुनः पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?