एमालेको मेची-महाकाली अभियान बिथोल्न खोज्दा ४ जनाको ज्यान गयो!!!

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७३
|
|
३३० पटक हेरिएको
Shares
एमालेको मेची-महाकाली अभियान बिथोल्न खोज्दा ४ जनाको ज्यान गयो!!!

सारांश

  • सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ।
  • मृत्यु हुनेमा सप्तरी मलेठ-२ का सञ्‍जन मेहता र दिगम्बर यादव तथा सप्तरी मलेठ-४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरी स्राेतले जानकारी दिएको छ।
  • झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा धरानमा मृत्यु भएको हो।

सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सप्तरी मलेठ-२ का सञ्‍जन मेहता र दिगम्बर यादव तथा सप्तरी मलेठ-४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरी स्राेतले जानकारी दिएको छ।

झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा धरानमा मृत्यु भएको हो। त्यस्तै प्रहरीको गोली लागेर मेहता र दिगम्बर यादवको घटनास्थलमै मृत्यु भएको थियो। अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

एमालेले सुरु गरेको मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ । सप्तरीको रुपनगरमा आज साँझ बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले अभियानविरुद्ध षड्यन्त्र भएको भन्दै स्थगित गर्ने निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले राजबिराज घटनाप्रति दुख व्यक्त समेत गरेको छ । मधेसी मोर्चाकै उग्रवादी र अराजक समुहबाट सो घटना भएको निष्कर्ष निकाल्दै बैठकले संयम रहन सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?