नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
३९ पटक हेरिएको
Shares
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

सारांश

  • काठमाडौं।
  • नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।
  • शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व कप्तान लामिछानेलाई दोषी ठहर गरेको हो ।

काठमाडौं। नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व कप्तान लामिछानेलाई दोषी ठहर गरेको हो । सुनुवाइ गर्दै ढकालको इजलासले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।

२०७९ भदौ ५ गते राति सन्दीपले आफूलाई सिनामंगलको एक होटलमा बलात्कार गरेको भन्दै ती किशोरीले जाहेरी दिएकी थिइन्।

पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।

उक्त कसुरमा १६ वर्षभन्दा बढी तथा १८ वर्षभन्दा कमकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने उल्लेख छ। त्यसबेला सन्दीपलाई बढीमा १२ वर्ष कैद सजाय माग गरिएको थियो।

आफू १७ वर्ष मात्रै भएको दाबीसहित गौशाला २६ नामकी ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन्। उनको जाहेरी सन्दीप विदेशमा रहेकाले गौशाल प्रहरी वृत्तमा दिएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?
मंगलबारको राशिफल
मंगलबारको राशिफल
ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री
ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री
पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशसमक्ष बारको आग्रह
पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशसमक्ष बारको आग्रह
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने