स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
सारांश
- लहान १७,पुष।
- सिरहाको गोलबजार नगरपालिका -४ बाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
- सिराहाको धनगढी माई नगरपालिका- ११ का ४६ वर्षीय चतुरनारायण चौधरीलाई स५प ३७४१ नम्बरको मोटरसाइकल सहीत गोलबजार नगरपालिका ४ बाट पक्राउ गरिएको हो।
लहान १७,पुष। सिरहाको गोलबजार नगरपालिका -४ बाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।सिराहाको धनगढी माई नगरपालिका- ११ का ४६ वर्षीय चतुरनारायण चौधरीलाई स५प ३७४१ नम्बरको मोटरसाइकल सहीत गोलबजार नगरपालिका ४ बाट पक्राउ गरिएको हो। उनको साथबाट एउटा एसएमजी, २ म्याग्जिन र ५ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
उनको साथमा रहेको झोलामा ‘स्वतन्त्र तराई निर्माण सेना, केन्द्रीय ब्युरो’ लेखिएको पर्चासमेत फेला परेको प्रहरीको भनाइ छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया