सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण

सारांश

  • छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ ।
  • पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो ।
  • सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताउनुभयो ।

छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो ।सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताउनुभयो । गाउँमा प्रसस्त सिँचाइको सुविधा र जग्गा जमीन हँुदा पनि यहाँका सुत्केरी महिलाले पोषणयुक्त खाना नखाने गरेका कारण बालबालिकाको स्वास्थ्यमा समेत असर परेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“हामीसँग भएका खाद्य पदार्र्थ उपयोग गर्न नजानेका कारण पनि समस्यामा छौँ ।

समय समयमा माछा मासु र मौसमअनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित भएका हौँ । यो अभियान कुपोषण विरुद्धको हो”, गाउँपालिकाका प्रायः सबैजसोले परम्परागत ढङ्गले खेतीपाती गर्दै आएकाले आर्थिक स्थिति नाजुक हुनाका साथै यसले सुत्केरी महिलामा असर पारेकाले यो कार्यक्रम थालनी गरिएको उहाँले बताउनुभयो ।

घ्यू, अण्डा, दाल खरीद तथा वितरणका लागि एक लाख २९ हजार बजेट विनियोजन गरिएको उहाँको भनाइ थियो । “सानै रकम भए पनि यसले गाउँपालिकाका सबै सुत्केरीको स्वास्थ्यमा ठूलो परिर्वतन ल्याउने आशा हामीले लिएका छौँ”, उपप्रमुख जोशीले भन्नुभयो । सो कार्यक्रममार्फत ५६ सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप घ्यू,अण्डा र दाल वितरण गरिएको थियो ।

यसैगरी गाउँपालिकाले बीउलगायत विभिन्न सामग्री दिन थालेपछि यहाँका बासिन्दा करेसाबारी बनाउन उत्साहित भएको स्थानीयवासी राजेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,“करेसाबारी अनिवार्य गर्ने नियमजस्तै भएको छ । अहिले सबैका बारी हरियाली बन्न थालेका छन् ।” यसै कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेती गर्न चाहनेका लागि प्लाष्टिक घर निर्माण, तालीम र कृषि औजारसमेत अनुदानमा दिनका लागि गाउँपालिकाले रु ४० लाख विनियोजन गरेको र आगामी पाँचवर्षभित्र गाउँपालिकालाई कुपोषणमुक्त बनाउने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?