इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १८, २०७९
|
|
३३ पटक हेरिएको
Shares
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै

सारांश

  • काठमाडौं।
  • इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ।
  • आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४-० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेकाे हाे।

काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ। आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४-० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेकाे हाे।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा घरेलु टोली आर्सनलले ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल २-० को अग्रता दिलाए भने ७१औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३-० ले थप अघि बढाए।

८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जितलाई सुनिश्चित गरिदिए। जित पछि शीर्षस्थानसहित आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ भने पराजित एभर्टन २१ अंक जोडेर १८औं स्थानमा सिमित छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?