काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।
  • मेयर शाक्यले झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी किनेको स्रोतले बताएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् । मेयर शाक्यले झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी किनेको स्रोतले बताएको छ ।

भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन । नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्ने महानगर स्रोतले बताएको छ ।

मेयर विद्यासुन्दर शाक्यले मगाएको नयाँ गाडी ।

मेयर शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ । झण्डै ४ वर्षअघि किनिएको गाडी जनप्रतिनिधि आउनु अघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

मेयर शाक्य पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका थिए ।

मेयरलाई मात्र होइन, उपमेयर हरिप्रभा खड्गीलाई पनि ८० लाखको नयाँ गाडी मगाइएको छ । उपमेयर खड्गीलाई मगाइएको गाडी वीरगञ्ज भन्सारमा आइपुगेको स्रोतले बताएको छ ।

यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये २ करोड मयेर र उपमेयरकै गाडीका लागि खर्च हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन्  ?
मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन् ?
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे  भयाे कुराकानि
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे भयाे कुराकानि
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका  सम्पादकीय
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका सम्पादकीय
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
ललितपुर महानगरपालिकामा चिरिबाबुको फराकिलो अग्रता
ललितपुर महानगरपालिकामा चिरिबाबुको फराकिलो अग्रता
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फुटाइएका दुई मन्त्रालयको जिम्मेवारी मन्त्री खनाललाई
फुटाइएका दुई मन्त्रालयको जिम्मेवारी मन्त्री खनाललाई

तपाईंले छुटाउनुभयो कि?