अनुगमन नाम मात्रैको, महंगी थामिनसक्नु

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७८
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन ।
  • नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ ।
  • दाल तथा गेडागुडी, तरकारी, घिउ तथा तेलको मूल्य उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ । दाल तथा गेडागुडी, तरकारी, घिउ तथा तेलको मूल्य उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

तराई मधेसको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ । सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भए पनि तराईमा मूल्यवृद्धि धेरै भएको पाइएको हो । तराईपछि काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा मूल्यवृद्धि धेरै रहेको राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गएको माघ मसान्तसम्म काठमाण्डौ उपत्यकाका बासिन्दाले ५ दशमलव ४७ प्रतिशत र तराईका बासिन्दाले ६ दशमलव ५० प्रतिशत मूल्यवृद्धि खेपिरहेका छन् । यस्तै पहाडका बासिन्दाले ५ दशमलव ३२ प्रतिशत र हिमालका बासिन्दाले ५ दशमलव ९७ प्रतिशत मूल्यवृद्धि खेप्नुपरेको छ ।

इन्धनको मूल्य लगातार बढेकाले उत्पादन लागतदेखि वितरणसम्मको खर्च पनि बढेकाले मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । तर कतिपय वस्तुमा व्यापारीले आफूखुशी मूल्य बढाउने गरेका उपभोक्ताको गुनासो छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन शाखाका निर्देशक हरि पङ्गेनीले कृत्रिम मूल्यवृद्धि गर्नेलाई अनुगमन गरेर कारबाही हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?