सिरहामा ६ वटा मतदान केन्द्र थप

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सिरहामा ६ वटा मतदान केन्द्र थप

सारांश

  • आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहामा छ वटा मतदान केन्द्र थप गरिएको छ ।
  • गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिारा यादवले जानकारी दिनुभयो ।
  • योसँगै सिरहामा अव मतदान केन्द्रको संख्या ४३६ पुगेको छ ।

आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहामा छ वटा मतदान केन्द्र थप गरिएको छ ।

गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिारा यादवले जानकारी दिनुभयो । योसँगै सिरहामा अव मतदान केन्द्रको संख्या ४३६ पुगेको छ ।

यहाँ रहेका मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र खारेज गरिएको छ भने स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २३० वटा मतदान केन्द्र अहिले पनि कायम रहेको प्रमुख यादवले बताउनुभयो ।

पछिल्लो पटक सिरहा नगरपालिका–१७ मा, लहान नगरपालिकाको वडा नं ३, गोलबजार नगरपालिका–२, औरही गाउँपालिकाको वडा नं ३, अर्नमा गाउँपालिका– ३ र नरहा गाउँपालिका–नं १ मा मतदान केन्द्र थप गरिएको तथा कल्याणपुर नगरपालिका– ६ को कटटहा मतदान केन्द्र खारेज गरिएको हो ।

प्रतिनिधिसभाका लागि चारवटा र प्रदेशसभाका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला एक लाख ६० हजार २६७ र दुई तेस्रो लिंगी गरी तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?