कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
१८ पटक हेरिएको
Shares
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने

सारांश

  • काठमाडौँ ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार विश्वासको मत लिनुहुने भएको छ ।
  • मुख्यमन्त्री शर्माले भोलि शुक्रवार दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ ।

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार विश्वासको मत लिनुहुने भएको छ ।मुख्यमन्त्री शर्माले भोलि शुक्रवार दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो १:०० बजे बैठक बसाल्ने निर्णय गरिसकेकाले सोही दिन ११ः०० बजे कार्यसूची विवरण सार्वजनिक गरिने प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

मुख्यमन्त्री शर्माले मङ्गलवार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता गर्नुभएको थियो । मुख्यमन्त्री शर्माले सदनमा विश्वासको मत लिनका लागि पत्र दर्ता भइसकेकाले माघ ६ गते बस्ने बैठकबाटै विश्वासको मत लिने तयारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?