मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती

सारांश

  • कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ ।
  • सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ ।
  • दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ ।

कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ ।

दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ ।
कपडा, धागोलगायतका उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘ड्रागन फ्रुट’ मात्र नभएर स्ट्रबेरी, मेवा र कागतीको पनि व्यावसायिक खेती गरिरहेको छ । यो खेती उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने हुँदा यहाँको माटो यसका लागि उर्वर रहेको प्रालिका व्यवस्थापक नवीन खनालले बताउनुभयो ।
हाल यहाँ अहिले ६ हजार बिरुवा हुर्किरहेका छन् । एक हजार ५०० वटा आठ फिटभन्दा अग्ला सिमेन्टका पोल लहरै गाडिएका छन् । एउटा सिमेन्टको पोलमा चार वटा लहरा हुर्किरहेका छन् । खेतीमा १५ जना स्थानीय कामदारले रोजगारी पाइरहेका छन् ।
गोल्यान समूहले ‘ड्रागन फ्रुट’ खेतीमा रु दुई करोडभन्दा बढीको लगानी गरिसकेको र अर्को वर्ष खेती विस्तार गरेर तेब्बर पार्ने योजना रहेको व्यवस्थापक खनालले बताउनुभयो । दाङ र काभ्रेमा पनि ‘ड्रागन फ्रुट’को खेती भइरहेको छ । यो फल विसं २०५७ मा पशु चिकित्सक डा जगन्नाथ राईले एक अमेरिकी इञ्जिनीयरमार्फत भियतनामबाट नेपाल भित्र्याएको मानिन्छ ।

खनालका अनुसार सिउडी हुर्किने गर्मी ठाउँमा यो फलको खेती हुन्छ । स्वास्थ्यका लागि लाभदायक १२ प्रकारका खनिज, पोषण र भिटामिन तत्वको मिश्रण पाइने भएकाले विश्वभर नै यसले महङ्गो मानिन्छ ।

एउटा सिमेन्टको पोलमा लहरिएका बोटबाट वर्षेनी २० देखि ३० किलोसम्म फल उत्पादन गर्न सकिने र यसको बजार मूल्य रु आठ सयदेखि रु एक हजारसम्म हुने बताइएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम र इनर्जी ड्रिङ्क पनि बनाउन सकिन्छ ।
–––

(bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
जेठ २८ गते मंगलबारको राशीफल यस्तो छ, आज कसलाई के उत्तम ?
मृत अवस्थामा भेटिए अमेरिकी गोलीकाण्डका अभियुक्त
मृत अवस्थामा भेटिए अमेरिकी गोलीकाण्डका अभियुक्त
मनसुन पश्चिमसम्मै, आज दिनभर मौसम बदली हुने
मनसुन पश्चिमसम्मै, आज दिनभर मौसम बदली हुने
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
मोतिबिन्दुको निःशुल्क शल्यक्रिया
मोतिबिन्दुको निःशुल्क शल्यक्रिया
विश्वमै सबैभन्दा धेरै म्यानमार र सिरियाका मानिस विस्थापित
विश्वमै सबैभन्दा धेरै म्यानमार र सिरियाका मानिस विस्थापित
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने :  कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने : कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु

तपाईंले छुटाउनुभयो कि?