एसिया कप छनाेटः नेपालकाे ५० रन पुरा, सागर अाउट दिपेन्द्र इन !
सारांश
- काठमाडाैँ, १४ भदाै ।
- एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले अाफ्नाे पहिलाे ५० रन पुरा गरेकाे छ ।
- खराब सुरुवात गरेकाे नेपलले १८ अाैँ अाेभरमा ३ विकेट गुमाएर ५० रन पुरा गरेकाे हाे ।
काठमाडाैँ, १४ भदाै । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले अाफ्नाे पहिलाे ५० रन पुरा गरेकाे छ । खराब सुरुवात गरेकाे नेपलले १८ अाैँ अाेभरमा ३ विकेट गुमाएर ५० रन पुरा गरेकाे हाे ।
निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।
ज्ञानेन्द्र पारस र सागरलाई सस्तैमा गुमाएपछि दिपेन्द्र सिँह एेरी र सुवाष खकुरेलले नेपालकाे इन्निङ् सम्हालिरहेका छन् ।
पहिलो खेल हारेको नेपाललाई यो खेल जित्नैपर्ने दबाव रहेको छ । जितका लागि नेपाललाई हरेक ओभरमा साढे ५ को औसतमा रन बनाउनु पर्नेछ ।
मुस्कान मायाको दामु
नेपाल कहिले होला खेल सुधार जहिले सबै भन्दा पहिले बिकेट नेपाल को जान्छ आरु किन जादैन किन के कमि छ कहिले सुधार हुने हाम्रो नेपाल गेम