शिवराज शिवपुर महायज्ञ सम्पन्न, १८ लाख रकम संकलन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
६५ पटक हेरिएको
Shares
शिवराज शिवपुर महायज्ञ सम्पन्न, १८ लाख रकम संकलन !

सारांश

  • माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, ३० वैशाख ।
  • कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा धार्मीक महायज्ञको आज समापन भएको छ ।
  • कपिलवस्तुका प्रदेश सांसाद अर्जुन केसीले शिक्षामा गुणस्तरीय खस्कीदै गएकोले यसको समाधान गर्नुपर्ने वताए ।

माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, ३० वैशाख । कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा धार्मीक महायज्ञको आज समापन भएको छ ।कपिलवस्तुका प्रदेश सांसाद अर्जुन केसीले शिक्षामा गुणस्तरीय खस्कीदै गएकोले यसको समाधान गर्नुपर्ने वताए ।

विशेषतःसामुदायीक विद्यालयहरुमा शैक्षिक अवस्थामा कमजोर रहेकोले यसमा सुधारको लागी सवै आफ्नो ठाउ वाट लाग्नुपर्ने वताए । कपिलवस्तुको पश्चिमी क्षेत्र शिवराज नगरपालिका शिवपुरमा रहेको सरस्वती आधारभुत विद्यालयको आयोजनामा भएको शैक्षिक धार्मीक महोत्सवको प्रमुख अतिथि रहनु भएका के.सी. विद्यालयको गुणस्तरीय शिक्षामा सहयोग गर्ने सम्पूर्ण सहयोगि दाताहरुलाई धन्यवाद पनि दिनुभएको थियो ।

गाउँका गरिव विपन्न वर्गका वालवालिकालाई अध्यापन गराउदै गएको सो विद्यालयमा एउटा मात्र दरवन्दी रहेको दुख व्यक्त गरे । कक्षा ८ सम्म अध्यान भइरहेको विद्यालयमा शिक्षकहरुको अभाव हुदा शौक्षिक गुणस्तरीय नभएकोले यस महायज्ञ पश्चात समस्या समाधान अब समाधान हुनेमा विश्वास व्यक्त गरे ।

आयोजक टिमले विद्यालयलाई नमुना विद्यालय बनाउनको उद्देश्य स्वरुप संचालन गरेको र महायज्ञमा दानबीर हरु ओइरो लागेको सासंद केसीले वताए । शिक्षामा सवै कुरालाई परित्याग गरेर भएपनि गुणस्तरीय आवश्यक्ता रहेकोले संकलीत रकमलाई कुशलता पुर्वक शौक्षिक अवस्थामा सुधारमा लगाउन विद्यालय परिवारलाई आग्रह गरे ।

कार्यक्रममा वोल्द नेपाली काँग्रेसका युवा नेता अजय थापाले महायज्ञको आयोजनाबाट उठेको रकमले विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो ।एक हप्तामा सम्म संचालन भएको शैक्षिक महोत्सवमा १८ लाख रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका संयोजक शान्ति के.सी.ले सम्पूर्ण दानविरहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । महायज्ञबाट संकलन भएको रकम पारदर्शिरुपमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
दाङ विष्फोटनमा घाइते प्रहरीको मृत्यु
दाङ विष्फोटनमा घाइते प्रहरीको मृत्यु
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह
निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिर)
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिर)
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्
मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्