एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक

सारांश

  • भक्तपुर।
  • आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनमा नेकपा एमाले भक्तपुर क्षेत्र नं.
  • २ का उम्मेदवारहरुले आफ्नो पाँच वर्षे ३० वटा महत्वपूर्ण योजना तथा रणनीतिहरुलाई सार्वजनिक गरिएको छ।

भक्तपुर। आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनमा नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ का उम्मेदवारहरुले आफ्नो पाँच वर्षे ३० वटा महत्वपूर्ण योजना तथा रणनीतिहरुलाई सार्वजनिक गरिएको छ।

मंगलबार एमालेका उम्मेदवारहरुले पत्रकारहरुसँग भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदवारहरुले आगामी पाँच वर्षमा ‘समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी’ बनाउने मुख्य मुख्य योजनाहरु सार्वजनिक गरिएको छ । ‘समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी’ हुन बाँकी रहेकाले उक्त अभिभारा पुरा गर्ने योजनाहरु एमालेसँग मात्र भएको दावी गरिएको छ । जिल्लामा नै रोजगारी, शिक्षा, पर्यटन, धर्म, कला, संस्कृतिको रक्षा, स्वास्थ्य, शुसाशन, भ्रष्टाचारमुक्त जिल्ला, औद्योगिकरण, स्मार्ट सिटी, बौद्धिक वर्गको जिल्ला, सिंहदरवारसँग जोड्ने मात्र नभई अब नेतृत्व गर्नेलगायतका योजना तथा त्यसको कार्यान्वयनको लागि एमालेको विकल्प नभएको दावी गरिएको छ । ‘हाम्रो भक्तपुर : हामी आफै बनाउन सक्षम छौं’ भन्ने मान्यतालाई स्थापीत गराउने योजनाहरु एमालेको उम्मेदवारले बनाएको बताइएको छ ।

क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवारको लागि एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, प्रदेश २ ‘क’मा किरण थापा र २ ‘ख’मा चन्दनकृष्ण श्रेष्ठले उम्मेदवारी दिई निर्वाचनमा होमिनु भएको छ । कार्यक्रममा नेता बस्नेत, थापा तथा श्रेष्ठले निर्वाचनमा आफ्नो प्रतिवद्धताहरु सार्वजनिक गरे।

एमालेको विजयसँगै भक्तपुरले अन्य ठाउँलाई खोज्ने नभई अन्य ठाउँहरुको खोजी तथा अनुसन्धानको केन्द्रको रुपमा भक्तपुरलाई विकास गर्ने उनीहरुले प्रतिवद्धता जनाए। औपचारिक घोषणापत्र भने केही दिनमा नै सार्वजनिक गर्ने तयारी भइरहेको नेता बस्नेतले जानकारी दिए।

उनीहरुका ३० प्रतिवद्धताहरु

१. जिल्लामा नै रोजगारीको लागि उद्योगको स्थापना,
२. पर्यटन, धर्म तथा संस्कृतिलाई व्यापक विकास र विस्तार गरी उद्योगसँग जोड्ने,
३. कला, धर्म, संस्कृतिको रक्षा एवं सम्वद्र्धन,
४. ध्वंसको माध्यमलाई रोक्दै पुरानो वस्तीलाई संरक्षण गर्दै नयाँ वस्तीको विकास गर्ने, नक्सा पास र कित्ता काटसम्बन्धी भएका समस्या समाधान गर्ने,
५. आधुनिक सहरको विकास गर्ने÷स्मार्ट सिटी बनाउने,
६. सूर्यविनायक र मध्यपुर नगरपालिकालाई महानगरपालिका बनाउने, जसको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने,
७. जनचाहना अनुसार जिल्लामा विकासको लहर नै चलाउने, आधुनिक सभागृह, रंगशाला, कर्बोड हल, विभिन्न प्रकारका खेल मैदान, मनोहरा, हनुमन्तेसहित सात वटा करिडोर, प्राणी उद्यान केन्द्र्रको निर्माण गर्ने, क्यान्सर अस्पताललाई क्यान्सर सेन्टरको रुपमा विकास गर्ने, मानव अंग प्रत्यारोपण केन्द्रको आधुनिक तवरले विकास तथा विस्तार गर्ने, आधुनीक वीर अस्पताल लगायतका योजनाहरुलाई सफल बनाउने,
८. महिला उद्यम घर तथा वृद्धवृद्धा विश्राम स्थलको निर्माण गर्ने,
९. ढल, खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, विद्युतको व्यापक विकास गर्ने, जिल्लालाई नयाँ युगको शुभारम्भ गराउने,
१०. टिनएजका युवा युवती (१६ देखी २५ वर्षसम्मका)लाई समाज नेतृत्वदायी भूमिकामा ल्याउने, प्रविधिसँगै समाजमा घुलमिल गराउने,
११. संसदमा भक्तपुरका जनताको आवाज बुलन्द गर्ने,
१२. एमालेका उम्मेदवारले भक्तपुरलाई सिंहदरवार र हेटौंडासँग जोड्नेमात्र नभई महत्वपूर्ण नेतृत्व गर्ने,
१३. सांसद भनेको विधि निर्मातामात्र नभई विकास निर्माणको पहलकर्ता बन्ने,
१४. संघ तथा प्रदेशबाट विनियोजन हुने बजेटलाई जिल्लाको अधिकतम् हितको लागि उपयोग गर्ने,
१५. राष्ट्रघाती कमद (एमसीसी, एसपीपी, नागरिकता विधेयक)को विरुद्धमा शसक्त रुपमा विरोध गर्ने,
१६. असंलग्नताको पक्षमा एमाले अडिक रहने, महाशक्ति राष्ट्रहरु बिचको खेलमैदानको रुपमा नेपाललाई प्रयोग हुन नदिने,
१७. एमालेको नेतृत्वमा गुमेको भूमि (लिपुलेक, कालापानी र लिम्पियाधुरा)लाई फिर्ता ल्याउन संसदमा विशेष भूमिका निर्वाह गर्ने,
१८. नेपाललाई हिजोको नाकावन्दीलाई अबका दिनमा कसैले पनि लगाग्ने, भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलुक बनाएको,
१९. शुसासन स्थापनालाई विशेष रणनीतिका साथ अगाडी बढ्ने, महंगी नियन्त्रण गर्ने,
२०. अर्थतन्त्रलाई सुधार गर्ने, विभिन्न प्रकारका विनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने,
२१. सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने,
२२. भक्तपुर ज्ञान केन्द्र र बुद्धिजीविहरुको बासस्थान भएकाले त्यसलाई नीति निर्माण, बजेटमा उपयोग गर्ने,
२३. विकासको लागि राज्यको श्रोत तथा साधनलाई अधिकतम् उपयोग गर्ने,
२४. नीजि क्षेत्रसँग सहकार्य गरी प्राकृतिक विपत्तीलाई रोक्न र न्युनिकरण गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने,
२५. भूमाफियाले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने, जिल्लामा विभिन्न प्रकारका सफाई अभियान चलाउने,
२६. भक्तपुरलाई उज्यालो सडक तथा हरियाली, सौन्दर्ययुक्त सडक निर्माण गर्ने,
२७. सूर्यविनायक–धुलिखेल सडकको स्तरउन्नती गर्ने,
२८. शिक्षा तथा तालिमको व्यवस्था गर्ने, इ–लाइव्रेरीको शुभारम्भ गर्ने,
२९. साँगादेखी अनन्तलिङ्गेश्वर, रानीकोटसम्मको माथिल्लो भेगलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने,
३०. हनुमन्तेलगायतका जग्गा एकीकरण आयोजना सञ्चालन गरी हनुमन्ते करिडोर निर्माण गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?