मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग

सारांश

  • फलेवास, पर्वत, ९ वैशाख , कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
  • बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेका हुन् ।
  • सकारात्मक परिवर्तनका लागि हातेमालो अभियानअन्तर्गत पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँंग संकलन गरिएको रकम प्रतिनिधिसभाका सदस्य पदम गिरीले घरमै पुगेर हस्तान्तरण गर्नुभयो ।

फलेवास, पर्वत, ९ वैशाख , कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेका हुन् । सकारात्मक परिवर्तनका लागि हातेमालो अभियानअन्तर्गत पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँंग संकलन गरिएको रकम प्रतिनिधिसभाका सदस्य पदम गिरीले घरमै पुगेर हस्तान्तरण गर्नुभयो ।

२०७२ साल चैतमा घर नजिकैको बारीमा मकै लगाउन खेत जोत्न लाग्दा गोरुले हानेर लडेका ३२ वर्षीय गिरीको परिवार अहिले सहाराविहीन छ । गिरीले ज्यालामजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आउनुभएको थियो । गिरीको उपचारमा रु चार लाखभन्दा बढी खर्च भएको छ ।

कर्मचारी संगठनले लियो ४ वर्षीय बालकको अभिभावकत्व

नेपाल निजामती कर्मचारी संगठन पर्वतले आर्थिक हिसाबले विपन्न परिवारका एक ४ वर्षीय बालकको अभिभावकत्व लिएको छ । संगठनको २८औँ स्थापना दिवसका अवसरमा कुश्मा नगरपालिका–७ गोदामका ४ वर्षीय आकाश पुरीको अभिभावकत्व ग्रहण गरेको हो ।

विद्यालय शिक्षामा सम्पूर्ण दायित्व बहन गर्ने जिम्मेवारी लिँदै संगठन पर्वतका अध्यक्ष मीनप्रसाद श्रेष्ठले आकाश पुरीलाई स्थानीय युवा वर्ष आधारभूत विद्यालयमा भर्ना गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
भोज खाएर भोट नदिएको भन्दै  झडपमा एकको मृत्यु
भोज खाएर भोट नदिएको भन्दै झडपमा एकको मृत्यु
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा  संसद्मा आपत्ति
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्मा आपत्ति
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
अस्पतालमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो
अस्पतालमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो
सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !
सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !
काठको खोरमा पर्‍यो चितुवा
काठको खोरमा पर्‍यो चितुवा
संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी
संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी