देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १४, २०७७
|
|
१९ पटक हेरिएको
Shares
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो

सारांश

  • काठमाडौं, कार्तिक १४ ।
  • मनसुन बाहिरिएर शरद ऋतुको आगमनसँगै देशभर विस्तारै चिसो बढ्न थालेको छ ।
  • विशेष गरी रातको समयमा चिसो बढ्न थालेको अनुुभव गर्न थालिएको छ ।

काठमाडौं, कार्तिक १४ । मनसुन बाहिरिएर शरद ऋतुको आगमनसँगै देशभर विस्तारै चिसो बढ्न थालेको छ । विशेष गरी रातको समयमा चिसो बढ्न थालेको अनुुभव गर्न थालिएको छ ।

यस वर्ष हिउँदमास सुरु नहुँदै जुम्लामा शून्यभन्दा तल न्यूनतम तापक्रम पुगेको छ । काठमाडौँसहित अन्यत्र केही जिल्लामा ११ डिग्री आसपास न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

पोष्ट मनसुनको अवधि मानिने असोज, कात्तिक र मङ्सिरको आधाआधीको समय आकाश खुलेर सफा हुने समय हो । तथापि जाडो निम्त्याउँदै मौसमलाई चिसोतिर धकेल्ने पश्चिमी वायुको गति बढाउने समय पनि यही हो । यद्यपि अहिल्यै जाडो आइसकेको भने होइन ।

चिसो बढेसंगै दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको मन्द चाप बढ्दै गरेको महसुस काठमाडौँका बासिन्दाले गरेका छन् । गएरातिदेखि काठमाडौंको न्यूनतम तापक्रम अरू दिनभन्दा तल झरेर ११.४ डिग्री सेन्टिग्रेट र अधिकतमतर्फ भने २६ डिग्री सेन्टिग्रेट कायम रहेको छ ।

अबको केही दिन सुक्खा मौसम नै रहने र वर्षाको सम्भावना नरहेको मौसमविदहरुले बताएका छन् ।पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा जाडो महिना सुरु हुनुअघि देशभर हल्का वर्षा हुने सम्भावनासमेत रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
अपाङ्गता भएकालाई सोलार वितरण
अपाङ्गता भएकालाई सोलार वितरण
प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
सरकार गठनमा ‘फोरम निर्णायक’
सरकार गठनमा ‘फोरम निर्णायक’

तपाईंले छुटाउनुभयो कि?