अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि

सारांश

  • अष्ट्रेलियाका वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका फोहर सफा गर्ने उद्देश्यले भुइँबाट प्रयोग गर्न मिल्ने शक्तिशाली ’लेजर’ प्रविधिको विकास गरिरहेका छन् ।
  • वैज्ञानिकहरूका अनसार लाखौँको संख्यामा पृथ्वीलाई परिक्रमा गरिरहेका विभिन्न किसिमका टुक्राहरू अन्तरिक्षमा छन् ।
  • ती वस्तुका कारण भूउपग्रहहरूमा क्षति पुग्न सक्ने वैज्ञानिकहरूले बताउने गरेका छन् ।

अष्ट्रेलियाका वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका फोहर सफा गर्ने उद्देश्यले भुइँबाट प्रयोग गर्न मिल्ने शक्तिशाली ’लेजर’ प्रविधिको विकास गरिरहेका छन् । वैज्ञानिकहरूका अनसार लाखौँको संख्यामा पृथ्वीलाई परिक्रमा गरिरहेका विभिन्न किसिमका टुक्राहरू अन्तरिक्षमा छन् । ती वस्तुका कारण भूउपग्रहहरूमा क्षति पुग्न सक्ने वैज्ञानिकहरूले बताउने गरेका छन् । त्यस्ता वस्तुमा प्रयोग गरेर त्यसै छाडिएका रकेट तथा अन्तरिक्ष यानका पाटपुर्जा पर्छन् ।

अनुसन्धानकर्ताहरूका विचारमा उक्त लेजर प्रविधिले अन्तरिक्षमा रहेका अनावश्यक वस्तुहरूलाई अन्यत्र ठेलेर भूउपग्रहसँग ठोक्किनबाट रोक्न सक्छ । परीक्षणको उद्देश्य ठूलो र बढी शक्ति भएको लेजरको विकास गर्नु रहेको छ । त्यसबाट अन्तरिक्षमा रहेका त्यस्ता अवशेषहरूलाई पृथ्वीको वायुमण्डलतर्फ तान्नेछ र त्यसपछि त्यो जलेर खरानी हुनेछ ।

उक्त प्रणाली अष्ट्रेलियाको राजधानी क्यानबेरा भन्दा बाहिरपट्टिबाट सञ्चालन गरिनेछ । अन्तरिक्षमा साढे सात हजार टन फोहोर रहेको आकलन गरिएको छ । युरोपमा पृथ्वीको परिक्रमा गर्ने अनावश्यक वस्तुहरू जम्मा गर्न ठूला जाली र लामा र धारिला प्रकृतिका भालाहरूको विकास गर्न लागिएको छ । विबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
पर्वतमा २२ उम्मेदवारको जमानत जफत
पर्वतमा २२ उम्मेदवारको जमानत जफत
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध
मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध
दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते
दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते
प्रहरी भर्नामा उचाइ समस्या हल गरिने
प्रहरी भर्नामा उचाइ समस्या हल गरिने
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
अभिनेत्री पूजा शर्मा बोर्ड अध्यक्ष निकिता पौडेल संग आक्रोषित
अभिनेत्री पूजा शर्मा बोर्ड अध्यक्ष निकिता पौडेल संग आक्रोषित