दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त मुलुक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त मुलुक

सारांश

  • नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ।
  • राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन्।
  • खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सरकारले ८ वर्षअघि सुरु देशव्यापी रुपमा सुला दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थियो।

नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ। राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन्।खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सरकारले ८ वर्षअघि सुरु देशव्यापी रुपमा सुला दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थियो। यो घोषणासँगै

नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ। खानेपानी मन्त्रालयले यो घोषणाले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेकाले बताएको छ। खुला दिसामुक्त राष्ट्रको घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल अहेक दिन एक कदम अगाडि हुने अभियानमा लाग्ने बताए।

’सडक मानवसहित भिखारी मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा अब हामी लाग्छौं’, उनले भने,’अब यहाँ कोही पनि भोकै मर्नु पर्दैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?