गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

सारांश

  • पोखरा, १० चैत ।
  • उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताउनुभयो ।

पोखरा, १० चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा कुल बजेटको चार दशमलव चार प्रतिशत मात्र छुट्याइएको उल्लेख गर्दै कर्मचारीको तलब भत्तामा मात्रै चार प्रतिशत खर्च हुने भएकाले पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको बताउनुभयो ।

वर्षौंअघि देखिको भौतिक पूर्वाधार एवम् जनशक्तिले अहिलेको माग धान्न नसक्ने भएकाले मागअनुरुपको उचित व्यवस्थापन आवश्यक रहेको बताउँदै उहाँले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रको मात्र नभई राष्ट्रकै गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रतिष्ठानले गुणस्तरीय चिकित्सा शिक्षा एवम् स्वास्थ्य सेवाका लागि पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले नौ लाख ६६ हजार अमेरिकी डलरको लागतमा एमआरआई मेशिन जडान गरिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान
चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान
सांसद पदबाट रवि लामिछाने निलम्बित
सांसद पदबाट रवि लामिछाने निलम्बित
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
रवि लामिछानेबारे सार्वजनिक गर्यो प्रेस काउन्सिलले यस्तो तथ्य
रवि लामिछानेबारे सार्वजनिक गर्यो प्रेस काउन्सिलले यस्तो तथ्य
कञ्चनपुर घटनाका सबै दोषीलाई कारबाही हुन्छ : प्रम ओली
कञ्चनपुर घटनाका सबै दोषीलाई कारबाही हुन्छ : प्रम ओली
माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद  (१७ जनाकै नामसहित)
माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद (१७ जनाकै नामसहित)
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?